News Category 2072/07/12
मधेश आन्दोलनको ७५ औं दिन सप्तरीमा बृहत मसाल जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ११ कात्तिक ।
मधेशमा विगत ७५ दिनदेखि जारी आन्दोलनको क्रममा बुधबार सप्तरीको राजविराजमा बृहत मसाल जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, मोर्चाका नेता सत्य नारायण यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गणतान्त्रिक जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेकपा माओवादीका जिल्ला सदस्य वैजनाथ यादव बैजु, वैद्य माओवादीका युवा नेता भुपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, संयुक्त मधेशी राष्ट्रिय अभियानका प्रवक्ता बलराम यादव, तराई मधेश राष्ट्रिय अभियानका रामदत साह, आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, युवा नेता उमेश प्रसाद साह, संघिय समाजवादी फोरम नेपालका बिनोद चौधरी, केदार यादव, संघिय विद्यार्थी फोरम नेपालका अध्यक्ष तारकेश्वर यादव, तमलोपाका उपत्य इन्चार्ज मुरली सिंह, तुफान मधेशी, युवा विद्याथीं मोर्चाका संयोजक शम्भु कुमार यादव, मलेठ मोर्चाका रामकिसुन यादव, शिक्षक कपलेश्वर मण्डल, इन्जिनियर पवन कुमार यादव, सगरमाथा यातायात व्यवसायी संघका अध्यक्ष मो. नुरुल अन्सारी लगायतकाहरुले मधेशी जनताहरु अब जागरुक भईसकेको बताउँदै अब मधेशको अधिकार सुनिश्चितता नभएसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने उदघोष गर्नुभयो ।
त्यसैगरी सप्तरीको बिषहरिया गाविस १ स्थित दमावती टोलमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीयरामजानकी मन्दिरबाट निकालिएको मसाज जुलुस गाउँको विभिन्न स्थानमा परिक्रमा पश्चात् आयोजित बिरोध सभामा मधेशी मोर्चाका स्थानीय नेता गोपीकृष्ण यादव, रामकुमार यादव, सुरेन्द्र यादव,नस् अनिल मण्डल, जगदेव यादव, ओम प्रकाश यादव, सुशिल यादव, सुधिर कुमार यादव लगायतकाहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ