News Category 2072/07/13
ग्यासको अवस्था बारे व्यवसायीद्वारा प्रजिअलाई ध्यानाकर्षण “माथीको आदेश भन्दै सप्तरीले पाउने ग्यास अन्यत्र पठाइदै”
दैनिक संवाददाता
राजविराज, १२ कात्तिक ।
सप्तरीमा ग्यासको चरम अभाव भएपछि स्थानीय ग्यास व्यवसायी तथा आयल ब्यवसायीहरुले बिहिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई ध्यानाकर्षण गराएका छन् ।
विगत ७६ दिनदेखि मधेशमा जारी आन्दोलनका कारणले सप्तरीमा खाना पकाउने ग्यासको अभाव भएपछि यहाँका ग्यास व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गराएका हुन् ।
ग्यास व्यवसायी तथा आयल व्यवसायीका अध्यक्ष रामकृष्ण दासले मोरङ्ग र सुनसरीमा रहेका विभिन्न ग्यास उद्योगहरुले सप्तरीका लागि पठाइने ग्यास कटौती गरि अन्य जिल्लाहरुमा पठाउने गरेको गुनासोसहित जानकारी गराउनुभयो ।
उहाँले प्रजिअ ठाकुरलाई मोरङ्ग र सुनसरी जिल्लामा रहेको ग्यास उद्योगहरुले सप्तरी जिल्लाका लागि ग्यास नपठाउने माथिको आदेश भन्दै सप्तरीका डिलरहरुलाई जवाफ दिने गरेको जानकारी दिनुभयो ।
यस सम्बन्धमा प्रजिअ ठाकुरले मोरङ्ग र सुनसरी ग्यास उद्योगहरुमा टेलिफोन सम्पर्क गरि सत्यतथ्य बुझ्न खोज्दा उहाँलाई पनि उनीहरुले माथिबाटै पत्र पठाइएको जानकारी दिएका छन् । सोको जवाफ दिँदै प्रजिअ ठाकुरले यदी पूर्वाञ्चल ग्यास उद्योगहरुबाट सप्तरीको कोटा अनुसार ग्यास नपठाए सप्तरी क्षेत्रहुँदै काठमाडौं ग्यास लैजान चाहिने आवश्यक सुरक्षा प्रदान गर्न सप्तरी प्रशासन असक्षम हुनसक्ने अवगत गराउनुभयो ।
सप्तरी जिल्लामा हाल ५७ वटा डिलरको माध्यमबाट २३ हजार ५ सय ग्यास सिलिण्डर बितरण हुँदै आएको ग्यास व्यवसायीका अध्यक्ष दासले जानकारी दिनुभयो । उहाँले सप्तरी जिल्लामा पूर्वाञ्चलबाट कोशी, सुविधा, प्रिमा, कामख्या, रिजालको गरि १८ हजार ३ सय तथा पश्चिमबाट मनोज, सुपर, नारायणी, अम्बर, लिओबारा र नोबेल ग्यास गरि ५ हजार २ सय ग्यास सिलिण्डर आउने गरेको जानकारी दिनुभयो ।
ग्यासको अवस्था बारे ध्यानाकर्षण गराउन ग्यास व्यवसायी तथा आयल व्यवसायीका अध्यक्ष रामकृष्ण दाससहित उपाध्यक्ष नेत्र कुमार दास, सचिव ललित कुमार झा, कोषाध्यक्ष दिलिप कुमार सिंह लगायत अन्य पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ