News Category 2072/07/13
वार्ताको औचित्य समाप्त ः उपेन्द्र यादव अब उपरान्त प्रतिरोधात्मक आन्दोलन हुने
दैनिक संवाददाता
राजविराज, १२ कात्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार सरकारी वार्ता टोलीसँग सम्पन्न वार्ता निष्कर्षबिहीन भएपछि अब वार्ताको औचित्य समाप्त भएको जानकारी दिनुभएको छ ।
राजविराजमा बुधबार कार्यकर्ताहरुलाई गोप्य प्रशिक्षण दिएपछि बिहीबार राजविराजमा पत्रकार सम्मेलन पश्चात् सिरहाको लाहान गएपछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो जानकारी दिुनभएको हो ।
उहाँले भन्नुभयो, “कात्तिक १४ गते जनकपुरमा बस्ने मोर्चाको बैठकपछि सरकारी पक्षसँग अब कात्तिक १५ गते वार्ता गर्ने वा नगर्ने बारे निष्कर्षमा पुग्ने छौं ।”
यसअघि राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले वार्ताको नाममा नौटकी मात्र गरिरहेको धारणा व्यक्त गर्दै बिहीबार वार्ताबाट ठोस निर्णय नआए प्रतिरोधात्मक आन्दोलन हुने चेतावनी दिनुभएको थियो ।
सो पत्रकार सम्मेलनमा उहाँले सिमाङ्कन परिवर्तन भएमात्र मोर्चा र सरकारबीचको वार्ता अगाडी बढ्ने होइन भने तत्काल वार्ताको औचित्यसमेत समाप्त हुने जिकिर गर्नुभयो । उहाँले मधेश पूर्वमा मधेस प्रदेश र पश्चिममा थरुहट प्रदेश बनाउनु पर्ने उल्लेख गर्नुभयो ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रमुख घटक समेत रहेको फोरम नेपालका अध्यक्ष यादवले सरकारी पक्षसँग अब कुनै सम्झौता कागजी रुपमा नगरि त्यसलाई सोझै कार्यान्वयन गरेमात्र आन्दोलन फिर्ता हुने बताउनुभयो ।
उहाँले मुलुकको आन्तरिक मामलामा भारतको बिरोध अथवा चिनको बिरोध गर्नु नहुने बताउँदै छिमेकी राष्ट्रको बिरोध गरेमा आफूलाई वेफाइदा हुने धारणा राख्नुभयो ।
विभिन्न नाकामा भारतले नभई आफूहरुले नाकाबन्दी गरेको स्पष्ट पार्दै भारतले नाकाबन्दी गरेको कुरा गर्नु मुर्खता हो उहाँले भन्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ