News Category 2072/07/14
आन्दोलनलाई सशक्त बनाएर अगाडि बढेमात्र मधेशीले अधिकार पाउने ः वरिष्ठ लेखक संग्रौला
दैनिक संवाददाता
राजविराज, १३ कात्तिक ।
वरिष्ठ लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले जारी मधेश आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
मैथिली साहित्य परिषद्द्वारा राजविराजस्थित मैथिली भवनमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उहाँले जारी मधेश आन्दोलनलाई सशक्त बनाएर अगाडि बढेमात्र मधेशी जनताले स्वायततासहितको स्वराज जित्न सकिने बताउनुभयो ।
देशका पहाडी शासकहरु अढाई महिनाको शान्तिपूर्ण आन्दोलनको आवाजलाई बेवास्ता गर्दै अगाडि बढीरहेकोप्रति चिन्ता व्यक्त गर्दै दुई सय पचास वर्षको इतिहासमा नेपाल कहिले पनि अखण्ड नरहेको लेखक सङ्ग्रौलाले प्रष्ट्याउनुभयो ।
मधेश राजनीतिक रुपमा मात्र नभई साहित्यिक र साँस्कृतिक रुपमा पछाडि पारिएका कारण मधेशमा बोलिने मैथिली, थारु, भोजपुर, अवधी लगायतका भाषा साहित्यको विकास हुन नसकेको उहाँले दावी गर्नुभयो ।
मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा वरिष्ठ लेखक एवम् साहित्यकार खगेन्द्र सङ्ग्रौला, लेखक युग पाठक र साहित्यकार रामरिझन यादवलाई मिथिलाको पाग र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सोही अवसरमा परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन परिषद्का सचिव श्यामसुन्दर यादवले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ