News Category 2072/07/14
आन्दोलनलाई सशक्त बनाएर अगाडि बढेमात्र मधेशीले अधिकार पाउने ः वरिष्ठ लेखक संग्रौला
दैनिक संवाददाता
राजविराज, १३ कात्तिक ।
वरिष्ठ लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले जारी मधेश आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
मैथिली साहित्य परिषद्द्वारा राजविराजस्थित मैथिली भवनमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उहाँले जारी मधेश आन्दोलनलाई सशक्त बनाएर अगाडि बढेमात्र मधेशी जनताले स्वायततासहितको स्वराज जित्न सकिने बताउनुभयो ।
देशका पहाडी शासकहरु अढाई महिनाको शान्तिपूर्ण आन्दोलनको आवाजलाई बेवास्ता गर्दै अगाडि बढीरहेकोप्रति चिन्ता व्यक्त गर्दै दुई सय पचास वर्षको इतिहासमा नेपाल कहिले पनि अखण्ड नरहेको लेखक सङ्ग्रौलाले प्रष्ट्याउनुभयो ।
मधेश राजनीतिक रुपमा मात्र नभई साहित्यिक र साँस्कृतिक रुपमा पछाडि पारिएका कारण मधेशमा बोलिने मैथिली, थारु, भोजपुर, अवधी लगायतका भाषा साहित्यको विकास हुन नसकेको उहाँले दावी गर्नुभयो ।
मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा वरिष्ठ लेखक एवम् साहित्यकार खगेन्द्र सङ्ग्रौला, लेखक युग पाठक र साहित्यकार रामरिझन यादवलाई मिथिलाको पाग र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सोही अवसरमा परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन परिषद्का सचिव श्यामसुन्दर यादवले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ