News Category 2072/07/16
बौद्धिक समाजद्वारा सम्पूर्ण परिवर्तनकारी दल, वर्ग, समुदायलाई आन्दोलन सफल बनाउन अनुरोध
दैनिक संवाददाता
राजविराज, १५ कात्तिक ।
जारि मधेश आन्दोलनलाई सहयोग पु¥याउने उद्देश्यले गठित बौद्धिक समाज सप्तरीले आन्दोलनरत मधेशका विभिन्न समुदाय राजनीतिक दल, नागरिक समाज, वर्ग र समुदायलाई एकिकृत भई अधिकार प्राप्तिको आन्दोलनलाई छिटो भन्दा छिटो सफल बनाउन देशका सम्पुर्ण परिवर्तनकारी दल, वर्ग, समुदायलाई अनुरोध गरेको छ ।
समाजका संयोजक अमरकान्त झाको अध्यक्षतमा आइतबार राजविराजमा सम्पन्न बैठकले जारि मधेश आन्दोलनलाई मित्र देश भारतद्वारा प्रायोजित आरोप लगाई शाहवंशकालदेखि पीडित मधेशी समुदायको आन्दोलन दबाउन नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रिय अखण्डता माथि खतरा उत्पन्न भएको विश्व समुदायलाई राज्य पक्षद्वारा दिग्भ्रमित गर्ने काम भईराखेको निष्कर्ष निकालिएको छ ।
सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै शोषित पीडित समुदायको अधिकार हनन मात्र नभई बहुदलिय शासन पद्धतिमा समेत खतरा हुने अवस्था भएकोले सम्पूर्ण वर्गलाई आन्दोलन सफल बनाउन अनुरोध समेत गरिएको हो । सो बैठकले नेपाल सरकारको प्रपंचलाई कुनै देशको शासनबाट समर्थन प्राप्त हुनु नेपालीलाई प्राप्त राजनीतिक अधिकार समाप्त गरी वर्तमान सत्ताधारी वर्गको इच्छा पुर्ति हुने ठहर्छ भनी निर्णय समेत गरेको छ ।
बैठकले अढाई महिनादेखि जारी अहिंसक मधेश आन्दोलनमा चार दर्जन मधेशी बालबालिका, युवा, बृद्धबृद्धा, महिलाहरुले शहादत प्राप्त गरिसकेको जनाउँदै जारी अहिंसक मधेश आन्दोलनलाई अझ सशक्त बनाउन विचार गोष्ठि, अन्तरक्रिया गर्ने तथा आन्दोलनकारीसँग समन्वयकारी भुमिका निर्वाह गर्ने निर्णय गर्दै समेत गरेको छ ।
बौद्धिक समाजका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतमा सम्पन्न बैठकमा समाजका संयोजक झासहित सचिव अनिल कुमार अनल, सदस्यहरु सुगम्बर प्रसाद यादव, श्रीमति मिना ठाकुर, हेमकुमार मिश्र, भवेन्द्र प्रसाद यादव, जितेन्द्र खडका सहितको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ