News Category 2072/07/18
नाकाहरु अवरुद्ध पार्ने कार्यलाई तिब्रता
दैनिक संवाददाता
राजविराज, १७ कात्तिक ।
मधेशी मोर्चा सप्तरीले जिल्लाका विभिन्न नाकाहरु अवरुद्ध पार्ने कार्यलाई तिब्रता दिएको छ ।
विगत केही समय यता सप्तरीको विभिन्न नाका भएर पेट्रोलियम पदार्थको चोरी तस्करी फष्टाएको भन्दै ती नाकाहरुमा मोर्चाले कडाई गरेको छ ।
सोही क्रममा जिल्लाको छिन्नमस्ता गाविसस्थित सखडा, गोविन्दपुर, महुवा, मोहनपुर सहितका स्थान भएर खासगरी डिजेल, पेट्रोल र खाना पकाउँने ग्यासको ब्यापक मात्रामा चोरी तस्करी फष्टाएको स्थानीयबासीहरु बताउँछन । सो नाका भएर एका बिहानै तथा अबेर रातिको समयमा पेट्रोलियम पदार्थको चोरी तस्करी फष्टाएका हुन ।
यसैबिच विगत केही समय यता सो नाका भएर पेट्रोलियम पदार्थको चोरी र तस्करी फष्टाएको ब्यापक जनगुनासो आएपछि मंगलबार मधेशी मोर्चासँग आवद्ध नेकपा माओवादीका युवा नेता जय प्रकाश यादवको नेतृत्वमा त्यहाँका नेता तथा कार्यकर्ताहरुले छिन्नमस्ताको सखडामा नेपालबाट भारत ग्यास तथा पेट्रोलियम पदार्थ लिन जानेहरुलाई रोक लगाएको छ । यस उप्रान्त पेट्रोलिय पदार्थ लिन सो नाका भएर नेपाली मोटरसाईकलहरु भारत गएको पाईएमा मोर्चाले नियन्त्रणमा लिने चेतावनी दिएको मोर्चाका नेता यादवले जानकारी दिनुभयो ।
त्यसैगरी सप्तरीको मौवहा बेल्ही सडक खण्डमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले दुई वटा मधेश चेक पोष्ट स्थापना गरी धर्नामा बसेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्सपेक्टरले मधेश चेक पोष्ट स्थापना तोडेपछि प्रहरी र प्रदर्शनकारीबिच समान्य झडप समेत भएको छ । झडपपछि आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालय कडरबोनाको पिकअप भ्यानको सिसा समेत फुटाएका छन् ।
विगत १२ दिनदेखि संघीय समाजवादी फोरम नेपालका दयानन्द गोइतको नेतृत्वमा जिल्लाको बेल्ही, रामनगरलगायतका नाकाहरु पूर्ण रुपमा ठप्प पारेका छन् । उक्त कार्यक्रमहरुमा रामनगर, रौतहट, मौवहाबेल्ही, मल्हनियाँका वासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको छ ।
त्यसैगरी सप्तरीकै बेल्ही चपेना गाविसस्थित वैद्यनाथ चौकमा मंगलबार पनि नाका ठप्प तथा धर्ना जारी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ