News Category 2072/07/18
राजमार्ग केन्द्रित आन्दोलन सशक्त पर्दै मोर्चा
दैनिक संवाददाता
राजविराज, १७ कात्तिक ।
जारी मधेश आन्दोलनलाई थप सशक्त बनाउन मधेशी मोर्चा सप्तरीको ३ नं. क्षेत्रिय आन्दोलन परिचालन समितिको विस्तारित वैठक मंगलबार सम्पन्न भएको छ ।
राजविराजस्थित पवि उच्च माविको प्राङ्गणमा आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक लक्ष्मण यादवको अध्यक्षतामा सम्पन्न सो बैठकमा मोर्चासँग आवद्ध सम्पुर्ण राजनीतिक दलका केन्द्रिय, जिल्ला, क्षेत्रिय, बुथ कमिटिका पदाधिकारी, सदस्य सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सम्पन्न बैठकले मधेश आन्दोलनलाई अझ सशक्त बनाउन राजमार्ग केन्द्रित आन्दोलन गर्नका लागि ३ न. क्षेत्रका सम्पुर्ण गाविसहरुमा भेला गरी बढी भन्दा बढी संख्यामा राजमार्गमा प्रदर्शन गर्ने निर्णय गरेको तथा सो भेलाका लागि सम्पुर्ण गाविसहरुमा संयोजक समेत बैठकले तोकेको जनाएको छ ।
यसैगरी बैठकले मधेशी मोर्चा सप्तरीको संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएकोमा सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको कार्यकालमा आन्दोलन थप सशक्त भई अगाडी बढने विश्वास गर्दै सफलताको शुभकामना समेत ब्यक्त गरिएको छ ।
साथै सम्पन्न बैठकले विरगंजमा शान्तिपुर्ण धर्नामाथि प्रहरीले गरेको दमनको घोर निन्दा एवं भत्सर्ना गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी प्रहरी अधिकारी र गृहमन्त्री शक्ति बस्नेतको राजिनामा समेत बैठकबाट माग गरिएको छ ।
उक्त बैठकमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरी, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हेमशंकर सिंह, नेसपाका जिल्ला अध्यक्ष सुबी यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी लगायतकाहरुको विशेष उपस्थिति रहेको क्षेत्रिय आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक लक्ष्मण यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरि मधेशी मोर्चाका क्षेत्रिय संयोजक अमरनाथ यादवको अध्यक्षतामा राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त पार्न सप्तरी क्षेत्र न. ४ को क्षेत्रिय भेला मंगलबार माबि पत्थरगाडामा सम्पन्न भएको छ ।
सो भेलामा नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, नेकपा माओवादीका केन्द्रिय सदस्य भुलाई राम, मधेशी मोर्चाका जिल्ला संयोजक सुनिल कुमार झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सदभावना पार्टीका अध्यक्ष कपिलदेव यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, सदभावना पार्टीका युवा नेता जय नारायण यादव, रामसपाका युवा नेता शिवशंकर मेहता गोयल, संघिय समाजवादी फोरम नेपालका जिल्ला शिवशंकर यादव लगायतकाहरुले मधेशमा जारी आन्दोलनलाई अझ सशक्त पार्नका लागि खासगरी नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउने सम्बन्धमा निर्णय गरिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ