News Category 2072/07/18
आन्दोलन सशक्त पार्न बार इकाईका पदाधिकारीसँग अन्तरक्रिया
दैनिक संवाददाता
राजविराज, १७ कात्तिक ।
बौद्धिक समाज सप्तरीले मंगलबार पुनरावेदन बार एशोसिएशन ईकाईको सभा भवनमा बारका पदाधिकारी तथा सदस्यहरुसँग मधेश आन्दोलनलाई सशक्त बनाउन परामर्श लिने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका संयोजक प्राध्यापक अमरकान्त झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ राजनितिज्ञ खुशी लाल मण्डलले सप्तरीको गौरान्वित इतिहास बारे चर्चा गर्दै मधेश जनआन्दोलनलाई सशक्त बनाउन आम बृद्धिजीवी, पेशाकर्मी तथा न्याय क्षेत्रमा कार्य गर्ने पेशाकर्मीको परम कर्तव्य रहेको बताउनुभयो ।
मण्डलले मधेश तराईका जातीय नेताहरु आप्mनो जातलाई बेचेर विजय कुमार गच्छदार (थारु), विश्वेन्द्र पासवान (दलित) र मेघराज निषाद (मल्लाह) लाई मधेशका विभिषणको संज्ञा दिदै मन्त्रिमण्डलमा पुगेका आरोप लगाउनुभयो ।
सो अवसरमा पुनरावेदन बार एशोसिएशन इकाईका अध्यक्ष महेन्द्र कुमार चौधरी, बरिष्ठ अधिबक्ता अमर बहादुर पाण्डे, पुर्व अध्यक्ष श्याम नारायण साह, मधेशी लयर्स एशोसिएशनका अध्यक्ष भोगेन्द्र यादव, पुर्व अध्यक्ष अशोक कुमार चौधरी, अधिबक्ताहरु श्रीमति पार्वती जोशी थारु, हेम कुमार मिश्रा, इन्द्र देव सिंह, कृष्णानन्द देव, राम कुमार यादव, देव नारायण यादव, रामजी साह, सुई सुगम्बर यादव र समाजका सचिव अनिल कुमार अनलले मधेश आन्दोलनलाई सशक्त बनाउँने अन्तरक्रियामा परामर्श दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ