News Category 2072/07/18
राजविराजमा चोरीको घटना बढ्दै पुनः पसल र घरमा चोरी
दैनिक संवाददाता
राजविराज, १७ कात्तिक ।
बिगत केही समय यता राजविराजमा चोरीका घटनामा निकै बृद्धि भएको छ ।
मधेशमा विगत ८१ दिनदेखि जारी मधेश आन्दोलनका कारण स्थानीय प्रशासन राजमार्ग केन्द्रित भएकाले सप्तरी सदरमुकाम राजविराजमा चोरीका घटनामै निकै बृद्धि भएको हो ।
सोहीक्रममा सोमबार राति राजविराज नगरपालिका ७ स्थित सिरहा रोडमा दुई स्थानमा चोरी भएको छ । राजविराज नगरपालिका ७ स्थित सिरहा रोडमा घर भएका डा.भवानन्द ठाकुरको घरबाट तीन लाखको सरसमान चोरी भएको छ ।
डा. ठाकुर काठमाडौं गएको बेला घरमा कोही नभएको मौका छोपी चोरहरुले घरको ताला तोडी कोठा भित्र रहेको दराजबाट सुन, चाँदीको गरगहाना र नगद सहित सो मुल्य बराबरको समान चोरी भएको पीडितले बताउनुभयो ।
सोमबार मात्र उहाँ फर्केपछि चोरी भएको खुलासा भएको हो । चोरी कसले र किन गरेको खुल्न नसकेपनि चोरी भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको पीडित डा.ठाकुरले जानकारी दिनुभयो ।
त्यसैगरी राजविराज नगरपालिका ७ स्थित राम खरीद विक्रि केन्द्र चामल पसलबाट चोरहरुले चामलको बोरा र नगद चोरी गरेका छन् । सो पसलबाट नगद ४ हजार ७ सय, अरवा र चननचुर गरी चार बोरा चामल समेत चोरहरुले लगेको पसल संचालक शम्भु दासले जानकारी दिनुभयो ।
यसैबिच नगरमा बढ्दो चोरीको घटनाको सम्बन्धमा स्थानीय प्रहरी प्रशासन मौन रहेको आरोप नगरबासीहरुले लगाएका छन् । यता सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी गर्ने चोरको खोजी कार्य तिव्र रुपमा भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ