News Category 2072/07/19
मधेशी मोर्चाद्वारा आन्दोलन सशक्त बनाउने निर्णय
दैनिक संवाददाता
राजविराज, १८ कात्तिक ।
संयुक्त मधेशी मोर्चा सप्तरीले जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।
मधेशी मोर्चा सप्तरी तथा मधेशी मोर्चा नगर समितिको राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा बुधबार बसेको संयुक्त बैठक तथा उद्यमी व्यवसायीसँगको बृहत छलफलबाट सो निर्णय गरिएको हो ।
मोर्चाका नगर संयोजक उमेश प्रसाद साहको अध्यक्षता तथा मोर्चासँग आवद्ध १३ वटै दलका प्रतिनिधीहरुको उपस्थितिमा बसेको बृहत बैठकमा उद्योगी, व्यवसायी, मजदुर तथा यातायात व्यवसायीको समेत बाक्लो उपस्थिति रहेको थियो ।
बैठकमा मोर्चाको नगर समिति विस्तार, बजार बन्द तथा नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई अझ प्रभावकारी र कडा बनाउने निर्णय गरिएको छ ।
सो बैठकमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झा, सचिवालय सदस्य सत्य नारायण यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्त साह, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, ट्रक व्यवसायी संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद आर्याल, टेम्पो व्यवसायी संघका अध्यक्ष जगरनाथ दास, म्याजिक भ्यान संघका हरेराम यादव तथा माईक्रो व्यवसायी संघका अजित कुमार लगायतकाहरुले जारी आन्दोलनलाई अझ सशक्त बनाउन आ–आप्mनो सुझाव राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ