News Category 2072/07/19
एघार जना कलाकारहरु सम्मानित
दैनिक संवाददाता
राजविराज, १८ कात्तिक ।
मिथिलाञ्चलका एघार जना कलाकारहरुलाई बुधबार एक समारोहबिच सम्मान गरिएको छ ।
धर्मात्मा फिल्म प्रोडक्सन प्रा.लि.को चौथो बार्षिकोत्सव तथा मैथिली फिल्म निर्देशक धर्मेन्द्र यादव धर्मात्माको २४ औं वर्षको जन्मदिवसको अवसर पारेर बुधबार राजविराजमा एक कार्यक्रमबिच मिथिलाञ्चलका एघार जना कलाकारहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने कलाकारहरुमा संगितकार कमल मण्डल, महेन्द्र मण्डल वनवारी, कुन्दन कुमार मण्डल पप्पु, प्रिति अधिकारी, पण्डित डिपी शास्त्री, गायिका अंजु यादव, गायकद्वय केशव कुमार चौधरी, सन्नु कुमार खंग, गंगाप्रसाद यादव शिवानी, संजिव कुमार यादव सप्तरीया, सुरज कुमार सोनी रहेका छन । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लाग्नुभएका उहाँहरुलाई सो कार्यक्रमबिच सम्मान गरिएको हो ।
सो सम्मान कार्यक्रममा मैथिली साहित्य परिषदका निवर्तमान अध्यक्ष विवेकानन्द मिश्र, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष धिरेन्द्रप्रसाद साह, महासंघका कावा अध्यक्ष श्रवण कुमार देव, मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झा, परिषदका उपाध्यक्ष सतिश कुमार दत्त, संगितकार कमल मण्डल, मैथिली महिला परिषदकी बन्दना मिश्र, सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, धर्मेन्द्र यादव धर्मात्माका बुबा रामसरोवर यादव, पशुपति दास, तनुजा चौरसिया, कुन्दनकुमार मण्डल पप्पु, साहित्यकार सागरविर कडारी, भुपेन्द्र कुमार मण्डल लगायतका बक्ताहरुले मिथिलाञ्चलमा कलाकारको कमि नरहेपनि कलाकारिताको बजार व्यवस्थापन हुन नसकेका कारण यहाँका कलाकारहरु विदेश पलायन हुन बाध्य भएको गुनासो गर्नुभयो ।
सानै उमेरदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहनुभएका धर्मात्मा फिल्म प्रोडक्सन प्रा.लि.का धर्मेन्द्र यादव धर्मात्माका विभिन्न मैथिली, हिन्दी, भोजपुरी लगायतका फिल्म, सिरियल, एल्बम प्रकाशन गरीसकेको छ ।
त्यस्तै यादवकै प्रा.लि.ले राधासँग मोहन, कलंक, धारक पार लगायतका मैथिली फिल्महरुको छायाकंन सम्पन्न गरीसकेको तथा बन्द हडताल लगत्तै बजारमा आउँने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ