News Category 2072/07/20
मुक्तिको लागि कडा आन्दोलनको आवश्यक ः गणतान्त्रिक अध्यक्ष यादव
दैनिक संवाददाता
राजविराज, १९ कात्तिक ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले बिना पिडाको मुक्ति नमिल्ने भएकाले मुक्तिको लागि कडा आन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक जिल्ला कार्य समिति सप्तरीद्वारा बिहिबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशी जनताहरु आप्mनो हकअधिकार र पहिचानको लागि विगत लामो सयमदेखि आन्दोलनरत रहेपनि वर्तमान सरकार मधेश आन्दोलनलाई वेवस्ता गरी मधेश आन्दोलनलाई अन्तर्राष्ट्रिय जगतमा बलियो बनाएको स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले मधेश आन्दोलन जति लम्बिन्छ त्यति नै अन्तर्राष्ट्रिय स्तरमा बलियो हुँदै गएको बताउनुभयो ।
उहाँले सरकारले वार्ताको नौटङकी गर्दै आएको आरोप लगाउँनुहुँदै वार्ता निर्णयमा नपुगेसम्म मधेशमा जारी आन्दोलन नरोकिने उदघोष गर्नुभयो । उहाँले फोरम गणतान्त्रिककै लाईनमा अहिले राष्ट्रिय राजनैतिक आईसकेको बताउँदै चरित्र निर्माण गरी क्रान्तिलाई निर्णायमा लैजाने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले मधेशमा रहेका काग्रेस, एमाले र एमाओवादी क्यान्सर रहेको आरोप लगाउँदै राजनैतिक स्तरबाट क्रान्ति गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जनता जागरुक भएमात्र मधेशको राजनैतिक सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले औपनिवेशिक विरुद्धको लडाईमा मधेशी जनताहरु लडिरहेको बताउँदै विगतमा भएको २२ र ८ बुँदे सम्झौतामा पुन धोखा हुन सकिने उल्लेख गर्दै उहाँले सम्पुर्ण मधेशी जनताहरु समयमै सचेत बन्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष यादवले दुई तिहाई बहुमत नपुगेसम्म काग्रेस एमालेसँग वार्ताको औचित्य नरहने बताउँदै अहिले आएर काग्रेस एमाले दुई तिहाई बहुमत पु¥याउनमा लागिपरेको बताउनुभयो ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवको अध्यक्षतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गंगाराम यादव, पुर्व जिल्ला अध्यक्ष हरेराम यादव सहितका बक्ताहरुले आ आफनो धारणा राख्नुभएको थियो । सो पार्टी प्रवेश कार्यक्रममा फोरम नणतान्त्रिकका पुर्व जिल्ला अध्यक्ष हरेराम यादव, सोति लाल यादव, लक्ष्मी यादव, श्रीलाल यादव, हरिसुन्दर यादव सहितकाहरु सो पार्टीका प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गर्नेहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले फुल, माला र अबिरले स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ