News Category 2072/07/20
मुक्तिको लागि कडा आन्दोलनको आवश्यक ः गणतान्त्रिक अध्यक्ष यादव
दैनिक संवाददाता
राजविराज, १९ कात्तिक ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले बिना पिडाको मुक्ति नमिल्ने भएकाले मुक्तिको लागि कडा आन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक जिल्ला कार्य समिति सप्तरीद्वारा बिहिबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशी जनताहरु आप्mनो हकअधिकार र पहिचानको लागि विगत लामो सयमदेखि आन्दोलनरत रहेपनि वर्तमान सरकार मधेश आन्दोलनलाई वेवस्ता गरी मधेश आन्दोलनलाई अन्तर्राष्ट्रिय जगतमा बलियो बनाएको स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले मधेश आन्दोलन जति लम्बिन्छ त्यति नै अन्तर्राष्ट्रिय स्तरमा बलियो हुँदै गएको बताउनुभयो ।
उहाँले सरकारले वार्ताको नौटङकी गर्दै आएको आरोप लगाउँनुहुँदै वार्ता निर्णयमा नपुगेसम्म मधेशमा जारी आन्दोलन नरोकिने उदघोष गर्नुभयो । उहाँले फोरम गणतान्त्रिककै लाईनमा अहिले राष्ट्रिय राजनैतिक आईसकेको बताउँदै चरित्र निर्माण गरी क्रान्तिलाई निर्णायमा लैजाने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले मधेशमा रहेका काग्रेस, एमाले र एमाओवादी क्यान्सर रहेको आरोप लगाउँदै राजनैतिक स्तरबाट क्रान्ति गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जनता जागरुक भएमात्र मधेशको राजनैतिक सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले औपनिवेशिक विरुद्धको लडाईमा मधेशी जनताहरु लडिरहेको बताउँदै विगतमा भएको २२ र ८ बुँदे सम्झौतामा पुन धोखा हुन सकिने उल्लेख गर्दै उहाँले सम्पुर्ण मधेशी जनताहरु समयमै सचेत बन्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष यादवले दुई तिहाई बहुमत नपुगेसम्म काग्रेस एमालेसँग वार्ताको औचित्य नरहने बताउँदै अहिले आएर काग्रेस एमाले दुई तिहाई बहुमत पु¥याउनमा लागिपरेको बताउनुभयो ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवको अध्यक्षतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गंगाराम यादव, पुर्व जिल्ला अध्यक्ष हरेराम यादव सहितका बक्ताहरुले आ आफनो धारणा राख्नुभएको थियो । सो पार्टी प्रवेश कार्यक्रममा फोरम नणतान्त्रिकका पुर्व जिल्ला अध्यक्ष हरेराम यादव, सोति लाल यादव, लक्ष्मी यादव, श्रीलाल यादव, हरिसुन्दर यादव सहितकाहरु सो पार्टीका प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गर्नेहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले फुल, माला र अबिरले स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ