News Category 2072/07/20
आन्दोलनमा नेतृत्व पंक्तिको सक्रिय सहभागिता नरहेको आरोप
दैनिक संवाददाता
राजविराज, १९ कात्तिक ।
बौद्धिक समाज सप्तरीले आयोजना गरेको अन्तरक्रियामा अधिकांश वक्ताहरुले जारि मधेस आन्दोलन शान्तिपूर्ण रहेको जनाउँदै आन्दोलनमा नेतृत्व पंक्तिको सक्रिय सहभागिता नरहेको आरोप लगाएका छन् ।
आन्दोलनरत मधेशवादी दल र त्यसका भातृ संगठन, स्वतन्त्र युवा, विभिन्न पेशाकर्मी, बुद्धिजिवि, पत्रकारको सहभागितामा बिहीबार राजविराजमा आयोजित अन्तरक्रियामा वक्ताहरुले मधेसवादी शक्तिहरु अहिले पनि विभाजित रहेकोले आन्दोलन अपेक्षित उचाई हासिल गर्न नसकेको प्रति आक्रोस समेत पोखे ।
आन्दोलनको अग्रपंक्तिमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध चार दलको संर्किणताले आन्दोलनरत अन्य मधेसी दल तथा संगठनहरु एउटै मोर्चामा आउन नसकेकाले त्यसमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
वक्ताहरुले अब पनि ढिला नगरि सबै मधेसवादी दल एउटै मोर्चामा आवद्ध भई आन्दोलनलाई नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । जारि आन्दोलनमा नाकामा जारी धर्नालाई अझै सशक्त बनाई शान्तिपूर्ण किसिमले राजमार्गमा पनि धर्ना जारि राख्नु पर्ने सुझाव दिदै वक्ताहरुले मधेशी दलका शिर्ष नेताहरु समेतले सो धर्नामा सहभागि हुनुपर्नेमा जोड दिएका छन् ।
यस्तै अन्तरक्रियामा बुद्धिजिविहरुले राज्य पक्ष मधेशको माग पुरा गर्न ढिला गरे स्वतन्त्र मधेसको माग उठ्ने र त्यो राष्ट्रको लागि घातक हुने भएकोले सबै सचेत रहुन पर्ने धारण व्यक्त गरे ।
बुद्धिजिवि समाजका संयोजक अमरकान्त झाको अध्यक्षता तथा वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, मधेशी नेता कैलाश महतो, डा. बिरेन्द्र कुमार यादव, पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु कुमार मण्डल, रामगमन साह, श्याम सुन्दर मण्डल, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, प्रा. गजेन्द्र प्रसाद सिंह यादव, मधेशी नेता तेजकान्त झा, अधिकारकर्मी जंगबहादुर सिंह, फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, शिक्षक महासंघका जिल्ला अध्यक्ष फुलेश्वर मण्डल, बौद्धिक समाजका सचिव अनिल कुमार अनल, सदस्यद्वय सुगम्बर यादव र मिना ठाकुरले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ