News Category 2072/07/21
अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने ः अध्यक्ष भण्डारी
दैनिक संवाददाता
राजविराज, २० कात्तिक ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारीले अभि नहि तो कभि नहि यो आर पारको लडाई अधिकार प्राप्त नभएसम्म नरोकिने उदघोष गर्नुभयो ।
सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडेश्वरी मन्दिर संरक्षण सम्बद्र्धन समितिसँगको परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो उदघोष गर्नुभएको हो । उहाँले जारी मधेश आन्दोलनलाई निर्णायक आन्दोलनसम्म पु¥याउन सप्तरीको अहम भुमिका रहेको बताउँदै संविधानको नाममा वर्तमान राज्य सत्ताले मधेशी जनताको अधिकार कटौती गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष भण्डारीले मधेशको पीडा राज्यले नबुझेका कारणले नाकाबन्दी गरेको बताउँदै उहाँले नेपालका मधेशी समुदायहरुले पनि वरावरको अधिकार पाउनुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गणमा उहाँले भारतमा गान्धि जीले अहिंसात्मक आन्दोलनबाट अधिकार पाए, त्यसैले मधेशी जनताहरुले पनि शान्तिपुर्ण आन्दोलनबाटै मधेशको अधिकार सुनिश्चितता गर्ने सकिने उल्लेख गर्नुभयो । अध्यक्ष भण्डारीले विभेद विरुद्धको यो आन्दोलन मधेशमा विगत ८३ दिनदेखि जारी रहदाँ पनि राज्यको विभेदकारी नितिका कारणले बर्षौपछि जनताको संविधान बनाउन जनताहरुको ईच्छा रहेपनि सो संविधान घोषणा हुने बित्तिकै अपाङ्ग भईसकेको आरोप लगाउनुभयो ।
उहाँले समानुपातिक समावेशि, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्नेमा विशेष जोड दिदै अब काठमाण्डौमा समेत आन्दोलन हुने उदघोष गर्नुभयो ।
उहाँले मधेशी जनताको हकअधिकार र पहिचान सुनिश्चितताका लागि छिन्नमस्ता सखडेश्वरी भगवतिसँग प्रार्थना गर्दै जारी मधेश आन्दोलनलाई माताले पुरा गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंह, रामसपाका केन्द्रिय सल्लाहकार निर्जला राउत, प्रवक्ता केशब झा, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, ललन कुमार यादव, समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य विद्यानन्द चौधरी लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
त्यसैगरी माँ सखडेश्वरी कृषि सहकारी संस्था लि. छिन्नमस्ता २ सखडाको कार्यालय शुक्रबार एक समारोहबिच राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारी र छिन्नमस्ता सखडेश्वरी मन्दिर संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष राम नारायण यादव रामबाबुले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ