News Category 2072/07/22
किर्ते नागरिकता बनाउने गिरोहका सदस्य विभिन्न सामाग्रिहरुसहित पक्राउ
राजविराज÷सप्तरी प्रहरीले किर्ते नागरिकता बनाउने एक गिरोहका केही सदस्यहरुलाई किर्ते नागरिकता बनाउन उपयोग गरिने विभिन्न सामाग्रिहरुसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरिक्षक भिम ढकालले विशेष सूचनाको आधारमा उनीहरुलाई नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरु बिच कुराकानी भइरहेको अवस्थामा सदरमुकाम राजविराजस्थित दिप साजन होटलबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा राजविराज ५ का वकिल झा, सप्तरी कुसाहा गाविसका ९ वनगामाका राजेन्द्र प्रसाद चौधरी, सप्तरी तिलाठी गाविस ३ चादुचन्द्र मिश्रा, भारत उत्तर प्रदेश घर भई हाल बुटबल नगरपालिका १३ का संजिव मिया, भारत उत्तर प्रदेश सिदार्थनगर जिल्ला घर भई हाल बुटबल नगरपालिका ३ का अकबर साह रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रशासकिय अधिृत चिरन्जिवि भट्टराई उल्लेख भएको छाप, नेपाली रुँपैया नगद ४४ हजार पाँच सय, स्टाम छाप, नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय सप्तरी लेखीएको अड्डाको छाप, १ सय २२ व्यक्तिहरुको फोटो, बायोडाटासहित अफिसियल लेखिएको एउटा रजिष्ट्रर, राष्ट्रिय वाणिज्य बैंकको २१८००००१७९१८ नंं को चेक, पाँच वटा मोबाईल, डायरी, अकबर साहको नाममा जिल्ला प्रशासन कार्यालय सप्तरी लेखीएको ना.प्र.नं. १६११८३÷३३४ को नेपाली नागरिकता प्रमाणपत्र, चादुचन्द्र मिश्राको नामको ना.प्र.नं. १०१९७ को नागरिकताको फोटोकपि, राजेन्द्र प्रसाद चौधरी नामको नेपाली नागरिकता प्रमाणको फोटोकपि, जमशेर मिया नामको नेपाली नागरिकता प्रमाण पत्रको फोटोकपी, सजित मियाको नाममा नागरिकता प्रमाणपत्र नं ०७१७५३५८ नं.को सवारी चालक अनुमति पत्र बरामद गरिएको छ ।
यस्तै अनुसन्धानको क्रममा भारत घर भई हाल बुटवल बस्ने संजिव मियाले यस भन्दा अगाडी २०७० सालमा आफ्नो र भाई जमशेर मियाको नाममा प्रति व्यक्ती रु. ५० हजारका दरले नेपाली नागरिकता सोही गिरोहको माध्यमबाट बनाई सकेको कुरा खुलेको प्रहरी उपरिक्षकल ढकालले जानकारी दिनुभयो ।
यसैगरि पुनः सोही गिरोहबाट नागरिकता बनाउन निज संजिव मियाका साथ भारतिय नागरिक अकबर साह राजविराज आएको खुल्न आएको उहाँले बताउनुभयो । अकबर साहको नागरिकता बनाउन रु. ६० हजारको कुरा भई रु. १५ हजार समेत वकिल झाले लिएको उहाँले बताउनुभयो ।
यस्तै प्रहरीले किर्ते नागरिकता तयार गर्ने गिरोहका प्रमुख व्यक्ती समेत पहिचान भई सकेको र निजलाई खोजतलास गरी पक्राउ गर्ने कार्य भईरहेको साथै किर्ते नागरिकता बनाउने व्यक्तीहरु र तिनिहरुको संजालको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ