News Category 2072/07/23
चार सय लिटर पेट्रोलियम पदार्थ मोर्चाले नियन्त्रणमा लिए
दैनिक संवाददाता
राजविराज, २२ कात्तिक ।
दशै लगतै मधेशी मोर्चाले सप्तरीको विभिन्न सिमावर्ती नाका भएर पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिएका छन ।
यसैक्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुले छिन्नमस्ता गाविस ७ स्थित मोहनपुर टोलबाट १०० लिटर डिजेल, १० लिटर मटितेल र २५ लिटर पेट्रोल नियन्त्रणमा लिएका छन । मोर्चाका स्थानीय नेताहरु सुरेन्द्र यादव, दिपेन्द्र यादव, मनोज यादव, हरेराम यादव, पिन्टु यादव, कृष्ण कुमार यादव सहितकाहरुको नेतृत्वमा सो पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएका हुन ।
त्यस्तै सप्तरीकै बरहीबिरपुर गाविस स्थित महाविर चौकमा समेत मोर्चाका नेता तथा कार्यकर्ताहरुले १ सय ३५ लिटर डिजेल नियन्त्रणमा लिएका छन । मोर्चाका बिनोद कुमार यादव, होमेन्द्र राय, भवेन्द्र राय, संजिव कुमार यादव, शिब नारायण यादव, दिनेश राय सहितकाहरुको नेतृत्वमा भारतबाट अवैध रुपमा चोरी तस्करी गरी डिजेल नेपाल भित्राईरहेको अवस्थामा नियन्त्रणमा लिएका हुन ।
यसैगरी जिल्लाकै कोचाबखारी गाविसस्थित लोरखम टोलबाट मोर्चाका नेता तथा कार्यकर्ताहरुले १ सय ३५ लिटर डिजेल नियन्त्रणमा लिएका छन ।
विगत लामो समयदेखि मधेशमा आन्दोलन जारी रहदाँ मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बढ्दो पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिदै आएको मधेशी मोर्चा सप्तरीका संयोजक एवं सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ