News Category 2070/04/30
राजनीतिक दलको विरोधका बीच सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइयो
दैनिक संवाददाता
सिरहा, २९ साउन ।
जिल्ला प्रहरी कार्यालय सिरहाले सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइएको छ ।
यद्दपी मुद्दा नचलाउन राजनीतिक दलहरूले व्यापक दबाब दिए पनि प्रशासनले वास्ता नगरी मुद्दा चलाएको हो । सामाजिक सद्भाव कायम गर्न अप्ठ्यारो हुने भन्दै राजनीतिक दलहरुले उक्त दवाव दिएका हुन् ।
सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार सारश्वर–७ का मोहम्मद रहिम साफी, वडा नं ८ का मोहम्मद जासिम साफी र मोहम्मद मस्तकिम राइनमाथि केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरूलाई सारश्वरनाथमा जल चढाउन आउने दर्शनार्थी युवतीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो ।
यस्तै, सारश्वरमा लुटपाट र आगजनी गरेको आरोपमा पक्राउ परेका २४ जनामाथि पनि मुद्दा चलाइएको छ भने कटुवा पेस्तोलसहित पक्राउ परेका एक युवकमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।
आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले पक्राउ परेकाहरूलाई बिनासर्त रिहा गर्नुपर्नेलगायतका पाँचबुँदे माग स्थानीय प्रशासनसँग पूरा गराउने सहमति गरेको थियो । तर सो सहमतिलाई बेवास्ता गरी प्रशासनले पक्राउ परेकाहरूमाथि मुद्दा चलाएको प्रति राजनीतिक दलका प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।
मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य विजय यादवले पाँचबुँदे सहमतिअनुसार सारश्वर घटनामा पक्राउ परेकाहरूमाथि प्रशासनले चलाएको मुद्दा फिर्ता लिनुपर्ने बताउनुभयो ।
सारश्वरमा सद्भाव कायम गर्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय अगुवालगायतको भेलाबाट पक्राउ परेकाहरूलाई बिनासर्त रिहाई, सशस्त्र प्रहरी बेस क्याम्पको स्थापनालगायतका पाँचबुँदे सहमति गरिएको थियो ।
सामाजिक सद्भाव कायम गर्न सद्भाव ¥याली र सामाजिक सद्भाव कायम राख्न गाउँ रेखदेख समिति गठन भए पनि सारश्वरबाट विस्थापित भएकाहरू घर फर्केका छैनन् । घटना पुनः दोहोरिन सक्ने भयले उनीहरू घर नफर्केको स्थानीयवासीले बताएका छन् । विस्थापितहरू घर नफर्केकाले गाउँ सुनसान बनेको छ ।
गत शनिबार सारश्वरनाथ मन्दिरमा जल चढाउन आउने दर्शनार्थी युवतीलाई अभद्र व्यवहार गरेको विषयमा झडप भएको थियो । उक्त झडपमा ५२ घरमा लुटपाट र ११ वटा घरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ