News Category 2072/07/25
प्रहरीको बर्बर कार्यप्रति बौद्धिक समाजद्वारा भत्र्सना अहिंत्सक मार्गबाट विचलित नहुन सम्पूर्ण आन्दोलनकारीसँग आग्रह
दैनिक संवाददाता
राजविराज, २४ कात्तिक ।
बौद्धिक समाज सप्तरीले कात्तिक २२ गते शान्तिपूर्ण धर्नामाथि भएको प्रहरीको लाठी प्रहार, दमन, निजी सवारी साधनको ब्यापक तोडफोड र आम नागरिकको घरको विजुली बत्ती लगायत समानको तोडफोड गरेको बर्बर कार्यको घोर भत्र्सना गरेको छ ।
समाजद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ राजनीतिज्ञ मधेशका सम्पूर्ण जातजाति, वर्ग, समुदायले विभेदपुृर्ण संविधान २०७२ विरुद्ध एवं आफ्नो हक अधिकार प्राप्तिका लागि गरिरहेकोे शान्तिपूर्ण अहिंसक आन्दोलनमा दमनकारी सरकारको निर्देशनमा सुरक्षाकर्मीको गोलीबाट चार दर्जन मधेशी सपुतहरुले सहादत प्राप्त गरेको अवगत गराउँदै निर्दाेष भारतीय नागरिक समेतले ज्यान गुमाई सकेकोे बताउनुभयो ।
उहाँले दमनकारी सरकारलाई विफल गराउन अहिंसक आन्दोलन सर्वाेपरी अस्त्र मानी सरकारी दमनको कारण अहिंसाको मार्गबाट विचलित नहुन सम्पूर्ण आन्दोलनकारी पक्षसँग आग्रह समेत गर्नुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा समाजका सचिव अनिलकुमार अनलले विज्ञप्ति जारि गर्दै मधेशी जनता दमनकारी सरकार सामु घुडाँ नटेकी आफ्नो शान्तिपुर्ण आन्दोलन जारी रहेको उल्लेख गर्नुभयो ।
जारि विज्ञप्तिमा काठमाडौंलाई मात्र देश मानी मधेशमा निर्माण भएको राजमार्गबाट सुरक्षाकर्मीको घेराबन्दीमा भारतबाट आयातित पेट्रोल डिजल, खाना पकाउने ग्यास मधेशी जनतालाई उपलब्ध नगराई काठमाण्डौंलाई आपुर्ति गरिरहेको कार्यलाई समेत अवरोध पु¥याउने उद्देश्यले गरिएको शान्तिपूर्ण धर्नामा प्रहरीको दमनप्रति भत्र्सना गरिएको हो ।
त्यसैगरि विज्ञप्तिमा नेपालको राष्ट्रिय मानवअधिकार आयोग नेपाल सरकारको प्रवक्ताको रुपमा प्रस्तुत भईरहेको आरोप लगाउँदै त्यसलाई नागरिक अधिकारको रक्षाको पक्षमा उभिदिन समाजले आग्रह गरेको छ ।
वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष अमरकान्त झा, सचिव अनिलकुमार अनल, सदस्यहरु मिना ठाकुर, हेमकमार मिश्र, ईं. सुगम्बर यादव, भवेन्द्र प्रसाद यादव, अधिवक्ता श्याम नारायण साहलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ