News Category 2072/08/01
नाकाबन्दीलाई निष्तेज बनाउन चीनले आपूर्ति बढाएकोमा आक्रोस व्यक्त
दैनिक संवाददाता
राजविराज, ३० कात्तिक ।
बौद्धिक समाज सप्तरीले जारी मधेश आन्दोलनलाई थप उचाईमा पु¥याई निर्णायक बनाउनका लागि सम्पूर्ण मधेशवादी शक्तिको एउटै मोर्चा बन्नुपर्ने दिएको सुझाव आन्दोलनरत मोर्चाका सम्पूर्ण घटकले स्वीकार गरेको छ ।
बौद्धिक समाज सप्तरीको आयोजनामा सोमबार राजविराजमा आयोजित आन्दोलनरत मधेशी मोर्चा सप्तरीसँगको अन्तरक्रिया कार्यक्रममा सो सुझाव मोर्चाले स्वीकार गरेको हो ।
सो अन्तरक्रिया कार्यक्रममा आन्दोलनका क्रममा मित्र र शत्रुको पहिचान आवश्यक रहेकोमा वक्ताहरुले आन्दोलनलाई बल पु¥याउन भएको नाकाबन्दी कार्यक्रमलाई निष्तेज बनाउन चीन सरकारले आपूर्ति बढाएकोमा आक्रोस समेत व्यक्त गरे ।
चीन सरकार मधेस आन्दोलनको विरोधमा उभिएको जस्तो व्यवहार देखाएकाले चीन सरकार विरुद्ध मधेसमा निरन्तर अभियान चलाउनु पर्नेमा अधिकांश वक्ताहरुले जोड दिएका छन् ।
यस्तै वर्तमान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विस्तार गरी वृहद मोर्चा निर्माण गर्न आन्दोलनमा सहभागी सबै मधेसवादी दल तथा संगठनका केन्द्रिय अध्यक्षहरुलाई एउटै मंचमा ल्याएर कार्यक्रम गर्ने मोर्चाले प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यस्तै जारी मधेस आन्दोलनमा थप जनसहभागिता जुटाउन बौद्धिक समाजले गाउँ गाउँमा प्रतिनिधि पठाउने मोर्चाको सभा कार्यक्रममा वौद्धिक समाज सहभागी हुने भएको छ ।
कार्यक्रममा बौद्धिक समाजका सल्लाहकार खुसीलाल मण्डल, संयोजक अमरकान्त झा, सचिव अनील कुमार अनल, सदस्यहरु मिना ठाकुर, जितेन्द्र खड्गा, सुगम्बर यादव, हेम कुमार मिश्र र श्याम नारायण साहले धारणा राख्नुभएको थियो ।
त्यस्तै मधेशी मोर्चाका तर्फबाट फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, अशोक यादव, रामसपाका सप्तरी अध्यक्ष गजेन्द्र मण्डल, सद्भावनाका जिल्ला अध्यक्ष सुनिल कुमार झा, वैद्य माओवादीका रामगमन साह, तमलोपाका केन्द्रिय सदस्य जयप्रकाश ठाकुरलगायतका नेताहरुले धारणा राख्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ