News Category 2070/04/30
महिला हिंसा सम्बन्धि सडक नाटक प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
समाजमा महिलामाथि हुँदै आएको हिंसा र हिंसा गर्नेमाथि हुने सजायहरुको बारेमा जनचेतना फैलाउने उद्देश्यले मंगलवार राजविराजमा सडक नाटक प्रदर्शन गरिएको छ ।
हुकोडन सप्तरीको आयोजनामा प्रदर्शन गरिएको महिला हिंसा र सामुदायिक मेलमिलाप सम्बन्धि सचेतनामुलक सडक नाटकमा कलाकारहरुले समाजमा कायम रहेको बालबिवाह, दाईजो प्रथा, बोक्सी लगायतका कुप्रथाका कारण महिलाहरुले भोगिरेहको हिंसाको पिडा र हिसां गर्नेमाथि हुने सजायका बिषयमा अभियन गरेका थिए ।
राजविराजस्थित अदालत रोडमा सम्पन्न नाटकमा शिल्पी नाटक यात्राका चन्दा चौधरी, रेणुका कार्की, सरिता शाह, बबिता चौधरी, शर्मिला तामाङ, रबिन्द्र झा, कमलमणि नेपाल, जीवन बराल, बादल भट्ट, किरण चाम्लिङ र रोशन मेहता लगायतका कलाकारहरुले अभिनय गर्नुभएको नाटकका निर्देशक युवराज घिमिरेले जानकारी दिनुभयो ।
मैथिली र नेपाली भाषामा कलाकारहरुले अभियन गरेको नाटक हेर्न स्थानियहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ