News Category 2072/08/04
हरेक क्षेत्रमा समावेशिता कायम गर्न नयाँ शक्तिको उदय ः नेता रामचन्द्र झा
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
नयाँ शक्ति निर्माण अभियानका बरिष्ठ नेता रामचन्द्र झाले मुलुकमा आर्थिक, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्रमा समावेशिता कायम गर्न नयाँ शक्तिको उदय भएको दाबी गर्नुभएको छ ।
डा.बाबुराम भटराईको नेतृत्व नयाँ शक्ति निर्माण अभियान अन्तर्गत बिहिबार नयाँ शक्ति अभियान तयारी समिति सप्तरी गठन कार्यक्रमका प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
उहाँले राजनैतिक अधिकार माग्दा आफूहरुलाई एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीबाट निष्काशित गरेको आरोप समेत लगाउनुभयो ।
उहाँले केन्द्रमा साझा शासन कायम भएपनि मधेश प्रदेशमा मधेशी समुदायकै शासन व्यवस्था हुनुपर्नेमा जोड दिनहुँदै मधेशमा जारी आन्दोलनलाई अझ सक्रिय बनाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेता झाले पहिचान सहितको संघियता, संघियता सहितको संविधानको पक्षमा आम मधेशी जनसमुदाय रहेको स्पष्ट पार्दै अहिले राजनैतिकमा पनि म्याच फिक्सिङ्ग भईरहेको उल्लखे गर्नुभयो ।
एक अर्को प्रसङ्गणमा उहाँले मधेशी, दलित, जनजाती, मुस्लिम, आदिवासी, उत्पीडित वर्ग समुदायको अधिकारका लागि नयाँ शक्ति गठन गर्न लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा अर्का नेता महेन्द्र पासवानले आन्तरिम संविधानको विपरीत मधेशी समुदायसँग विभेद भएको आरोप लगाउँदै संघियतामा विभेद भएकै कारण मधेशमा विद्रोह भएको बताउनुभयो ।
उहाँले नयाँ संविधानमा ७२ वटा मुद्धाहरु पार्टी र विशेष समितिमा बुझाउँदा पनि कुनै सुनुवाई नभएको बताउँदै मधेशको अधिकारका लागि डा. बाबुराम भट्राई आन्दोलनमा ओर्लेको बताउनुभयो ।
त्यसैगरी अर्का नेता रामकुमार शर्माले न्यायको लडाईमा सत्ता सुख छाडी सडक आन्दोलनमा ओर्लेको बताउँदै मधेश आन्दोलनलाई सफल बनाउनका लागि नयाँ शक्तिको उदयमान भएको स्पष्ट पार्नुभयो ।
उहाँले सीमादेखि सिंहदरवारसम्म आन्दोलन गर्नुपर्नेमा जोड दिदैँ यो कुनै चार पार्टीको आन्दोलन नभई सम्पुर्ण मधेशी समुदायको भएकोले यसमा सम्पुर्ण मधेशी जनसमुदायहरुलाई अगाडी बढनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
नयाँ शक्ति निर्माण अभियान सप्तरी संयोजक अरुण कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा अभियानका नेता राम रिझन यादव, अखिल क्रान्तिकारीकी पुर्व सचिवालय सदस्य लक्ष्मी चौधरी, दिप नारायण साह, अरविन्द कुमार साह, कमालउद्धिन राईन, चन्द्रदेव मण्डल, बरिष्ठ पत्रकार अनिल कुमार अनललगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ