News Category 2072/08/04
आन्दोलनका लागि तीन मोर्चाबीच कार्यगत एकता
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
जारी मधेश थरुहट आन्दोलनलाई सशक्त बनाउनका लागि राजमार्ग तथा नाका केन्द्रित कार्यक्रमहरुलाई थप सशक्त बनाउन तीन आन्दोलनरत मोर्चाबीच कार्यगत एकता भएको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झा, थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक अरुण कुमार चौधरी र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति सप्तरीका संयोजक इसुफ अलीद्वारा संयुक्त रुपमा बिहीबार जारी विज्ञप्तीमा मंसिर ५ गते शनिबारदेखि हुने राजमार्ग केन्द्रित आन्दोलनका लागि कार्यगत एकता भएको जनाइएको छ ।
मंसिर ५ गतेदेखि हुने राजमार्ग केन्द्रित आन्दोलन अन्तर्गत सप्तरीको भारदह, रुपनी, विसनपुर र कदमाहा नाकाहरुमा स्कटिङ रोक्न, “चलु राजमार्ग, भरु राजमार्ग” नाराका साथ यातायातका सम्पुर्ण साधनहरु ठप्प पार्न मधेशी मोर्चा, थरुहट थारुवान संयुक्त संघर्ष समिति र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति सप्तरीबिच कार्यगत एकता भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैबीच मधेश आन्दोलनलाई थप बल पु¥याउन सम्पुर्ण नागरिक समाज, बृद्धिजीवी, व्यापारी, युवा, विद्यार्थी, किसान, मजदुर लगायत विभिन्न संघ संस्थाहरुसँग मधेशी मोर्चा सप्तरीले अनुरोध गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा बिहिबार जारी विज्ञप्तीमा अधिकार प्राप्तिको आन्दोलनलाई अझ सशक्त बनाउन मंसिर ५ गते शनिबारदेखि राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउन सप्तरीको रुपनी, भारदह, विसनपुर, कदमाहा सहितका नाकाहरुमा विशाल जनसहभागिताका लागि अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ