News Category 2072/08/04
आन्दोलनका लागि तीन मोर्चाबीच कार्यगत एकता
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
जारी मधेश थरुहट आन्दोलनलाई सशक्त बनाउनका लागि राजमार्ग तथा नाका केन्द्रित कार्यक्रमहरुलाई थप सशक्त बनाउन तीन आन्दोलनरत मोर्चाबीच कार्यगत एकता भएको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झा, थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक अरुण कुमार चौधरी र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति सप्तरीका संयोजक इसुफ अलीद्वारा संयुक्त रुपमा बिहीबार जारी विज्ञप्तीमा मंसिर ५ गते शनिबारदेखि हुने राजमार्ग केन्द्रित आन्दोलनका लागि कार्यगत एकता भएको जनाइएको छ ।
मंसिर ५ गतेदेखि हुने राजमार्ग केन्द्रित आन्दोलन अन्तर्गत सप्तरीको भारदह, रुपनी, विसनपुर र कदमाहा नाकाहरुमा स्कटिङ रोक्न, “चलु राजमार्ग, भरु राजमार्ग” नाराका साथ यातायातका सम्पुर्ण साधनहरु ठप्प पार्न मधेशी मोर्चा, थरुहट थारुवान संयुक्त संघर्ष समिति र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति सप्तरीबिच कार्यगत एकता भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैबीच मधेश आन्दोलनलाई थप बल पु¥याउन सम्पुर्ण नागरिक समाज, बृद्धिजीवी, व्यापारी, युवा, विद्यार्थी, किसान, मजदुर लगायत विभिन्न संघ संस्थाहरुसँग मधेशी मोर्चा सप्तरीले अनुरोध गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा बिहिबार जारी विज्ञप्तीमा अधिकार प्राप्तिको आन्दोलनलाई अझ सशक्त बनाउन मंसिर ५ गते शनिबारदेखि राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउन सप्तरीको रुपनी, भारदह, विसनपुर, कदमाहा सहितका नाकाहरुमा विशाल जनसहभागिताका लागि अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ