News Category 2072/08/04
मोर्चाले विद्यालय, क्याम्पसमा बिहानको कक्षा संचालन गराउन र औषधी ल्याउन दिने
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विद्यालय क्याम्पसहरुलाई बिहानको समयमा कक्षा संचालन गर्ने गरि पठनपाठन सूचारु गर्ने निर्णय गर्दै बिरामीहरुको स्वास्थ्य उपचारलाई गम्भिरतापूर्वक लिई मानवताको नाताले औषधी, अक्सिजन र स्वास्थ्य सम्बन्धि उपकरणहरुलाई दिनको समयमा बिराटनगर सीमानाबाट मात्र ल्याउन दिने लगायतका निर्णयहरु गरेको छ ।
मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले बिहीबार संयुक्त विज्ञप्ति जारि गर्दै सो निर्णयहरु गरेको उल्लेख छ ।
जारि विज्ञप्तिमा सीमान्तकृत समुदायहरुले उठाएको मुद्दाहरुलाई वार्ताद्वारा सम्बोधन गर्न सरकार एवं तीन दल नेपाली काँग्रेस, एमाओवादी र एमाले गम्भिर नरहेको भन्दै चालु आन्दोलनलाई अझै बढी सशक्त रुपले जारि राख्ने निर्णय समेत गरेको छ ।
यस्तै आन्दोलनलाई अझै सशक्त एवं प्रभावकारी बनाउन यातायात, बजार, कलकारखाना बन्द गर्नुका साथै सीमानाका र राजमार्ग अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
यसैगरि मंसिर ५ गतेदेखी राजमार्ग अवरुद्ध लगायतका कार्यक्रमहरुलाई निरन्तरता राख्ने निर्णय गर्दै मंसिर ६ गते प्रमुख शहरहरुमा मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गरिएको जारि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आन्दोलन जारि भएको १०० औं दिन मंसिर ७ गते सोमबार दिनको १ बजे बीर अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न तराई मधेशलगायत देशका विभिन्न ठाउँका चोकहरुमा आम जनसमुदायको सहभागितामा सपरिवारसहित ५ मिनेट मौन धारण गर्ने कार्यक्रम तय गरिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ