News Category 2072/08/04
राजमार्ग केन्द्रित आन्दोलनका लागि विभिन्न गाविसमा समिति गठन
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
मधेशी मोर्चाको आन्दोलनका कार्यक्रम अन्तर्गत मंसीर ५ गते “चलू राजमार्ग भरू राजमार्ग” नारासहित अहिले जिल्लाको विभिन्न गाविसहरु आन्दोलन परिचालन समिति गठन गर्नमा ब्यस्त रहेका छन ।
सोही क्रममा सप्तरीको बोरिया गाविसमा रामअकवाल यादवको संयोजकत्वमा तथा विरेन्द्र देवको सहसंयोजकत्वमा समिति गठन गरेको छ ।
त्यस्तै बोरिया गाविसकै कट्टी टोलका संयोजकमा विन्देश्वरी महतो, मझाउको संयोजकमा विनोद कुमार मंडल र बोरियाकै गोईठम टोलको संयोजकमा तेजकान्त झालाई चयन गरिएको विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवले जानकारी दिनुभयो ।
त्यस्तै अभियान अन्तर्गत बिहिबार सप्तरीको ईटहरी विष्णपुर गाविसमा अनन्तलाल साहको संयोजकमा ३२ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको मोर्चा निकट संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
त्यसैगरी बेल्ही चपेना गाविसमा गठित आन्दोलन परिचालन समितिको संयोजकमा राज कुमार मण्डल राजन, सह संयोजकमा सत्रुधन मण्डल सहित ११ सदस्यीय रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
यस्तै गम्हरिया प्रवाहा गाविसमा गठित आन्दोलन परिचालन समितिको संयोजकमा सकलदेव यादव, सहसंयोजकमा शिबशंकर मेहता लगायत ११ सदस्यीय रहेका छन ।
यसैगरी ब्रहमपुर गाविसमा गठित आन्दोलन परिचालन समितिको संयोजकमा सत्र्ुधन मण्डल, सहसंयोजकमा उमेश मण्डल सहित २१ सदस्यीय रहेको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ