News Category 2072/08/05
राजमार्ग केन्द्रित आन्दोलनको पूर्व सन्ध्यामा रुपनीमा मसाल जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ४ मंसिर ।
मधेशी मोर्चाले शनिबारदेखि शुरु गर्ने “चलु राजमार्ग भरु राजमार्ग” भन्ने नाराका साथ राजमार्ग केन्द्रित आन्दोलनको पूर्व सन्ध्यामा शुक्रबार सप्तरीको रुपनीमा बृहत मसाल जुलुस प्रदर्शन गरेको छ ।
शनिबारदेखि हुने राजमार्ग केन्द्रित आन्दोलनलाई सफल पार्नका लागि सयौको सहभागितामा निकालिएको बृहत मसाल जुलुस रुपनी बजारको परिक्रमा पश्चात् बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य जय प्रकाश सिंह, सदभावना पार्टीका जिल्ला सचिव हरेराम यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपेन्द्र चौधरी, बृद्धिजीवी सुर्य नारायण यादव, स्थानीय व्यापारी जय प्रकाश साह, तमरा अभियानका लाल मोहम्मद, संघिय समाजवादी फोरम नेपालका भोगेन्द्र यादव, नेकपा माओवादीका भगवति यादव, रामसपा युवा लिगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म जारी आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
यसैबिच पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा शुक्रबार साँझ दुई घण्टा मोटरसाईकल समेत संचालन नदिनुका साथै चक्काजाम गरिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
यसैबीच “चलु राजमार्ग भरु राजमार्ग” भन्ने मुल नाराका साथ मंसिर ५ गतेदेखि हुने राजमार्ग केन्द्रित आन्दोलनको लागि जिल्लाको विभिन्न गाविसहरुमा आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
मधेशी मोर्चाले सप्तरीको वरहि बिरपूर गाविसमा प्रमोद कुमार यादवको संयोजकत्वमा २१ सदस्यी आन्दोलन परिचालन समिति गठन गरेको छ ।
त्यस्तै जिल्लाको ईटहरी बिष्णुपुर गाविस ९ स्थित रंजितपुर टोलमा समेत आन्दोलन परिचालन समिति गठन भएको छ । गठित आन्दोलन परिचालन समितिको संयोजकमा रंजितपूर वार्ड नं.८ का विरेन्द्र साह, रंजितपूर वार्ड नं. ६ को संयोजकमा रामनारायण यादव र रंजितपूर वार्ड नं.९ को संयोजकमा ज्ञानेन्द्र यादवसहित २१ सदस्यीय समिति गठन गरिएको विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवले जानकारी दिनुभयो ।
सोही समिति गठन कार्यक्रममा मधेशी मोर्चाका नेता सत्य नारायण यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष नवनित झा सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ