News Category 2070/04/31
प्रधानन्यायाधिश मन्त्री परिषद्का अध्यक्ष भएपछि स्वतन्त्र न्यायापालिका कमजोर भएको छ ः वार अध्यक्ष कार्की
दैनिक संवाददाता
राजविराज, ३० साउन ।
नेपाल वार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानन्यायाधिश खिलराज रेग्मी मन्त्री परिषद्का अध्यक्ष भएपछि स्वतन्त्र न्यायालय कमजोर भएको बताउनुभएको छ ।
राजविराजमा बुधबार आयोजित पुनरावेदन वार इकाई राजविराजको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले सर्वाेच्च अदालतमा अहिले संबिधानसँग सम्बन्धित बिवादहरुमा बहस हुनै छाडेकोले स्वतन्त्र न्यापालिका कमजोर भएको आभार हुन थालेको आरोप लगाउनुभयो ।
उहाँले छिटो भन्दा छिटो न्यायापालिकालाई कार्यपालिकाको छायाँबाट मुक्त बनाउन तत्काल सर्वाेच्च अदालतमा कामु प्रधानन्यायाधिशबाट पुर्ण प्रधानन्यायाधिश पुर्ति गर्न र अस्थायी न्यायाधिश होईन स्थायी न्यायाधिश पुर्ति गर्न आग्रह समेत गर्नुभयो ।
मंसीर ४ गतेको घोषित निर्वाचन सफल नभए मुलुक र लोकतन्त्र नै असफल हुने भएकाले घोषित मितिमै निर्वाचन सफल पार्नुपर्नेमा जोड दिनुहुँदै उहाँले असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याएर निर्धारित समयमै निर्वाचन सफल बनाउन सकेमात्र वर्तमान सरकारको औचित्य पुष्टी हुने दाबी गर्नुभयो ।
असन्तुष्ट दलहरुलाई दमन गरेर वा बहिष्करण गरेर गराईने निर्वाचन सार्थक हुन नसक्ने बताउनुहुँदै उहाँले सबै दलको सहभागितामा हुने निर्वाचनले मात्र संबिधान निर्माण हुन सक्ने बताउनुभयो ।
सो अवसरमा पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधिश ओमप्रकाश मिश्रले वार र बेन्च बिच सुमधुर सम्बन्धलाई कायम राख्दै जनतालाई छिटो छरितो न्यायको अनुभुति गराउन वार र बेन्चले आपसका तिक्ततालाई बिर्सेर अघि बढ्नुपर्ने बताउनुभयो ।
पुनरावेदन वार इकाई राजविराजका नवनिर्वाचित अध्यक्ष महेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल वार एशोसिएसनका पूर्व पूर्वाञ्चल उपाध्यक्ष चुडामणि आचार्य, पुनराबेदन वार इकाई राजविराजका पूर्व अध्यक्ष श्यामनारायण साह, निवर्तमान अध्यक्ष हेमनारायण चौधरी, बरिष्ठ अधिबक्ताहरु नारायण यादव, रामकृष्ण गौतम, अमरबहादुर पाण्डे, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, मालपोत कार्यालयका प्रमुख अर्जुन निरौला, अधिबक्ताहरु भानुभक्त निरौला, सुजित कुमार पोखरेल, पुण्यप्रसाद यादव लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा अधिबक्ताहरु सुजित कुमार पोखरेलले रु. २१ हजार र सुरेन्द्र प्रसाद यादवले रु. १५ हजार नगद पुनराबेदन वारको नवनिर्मित भवन निर्माणार्थ सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ