News Category 2072/08/07
अस्पतालको सबै कामकाज स्थगित
दैनिक संवाददाता
राजविराज, ६ मंसिर ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजले आइतबारदेखी अस्पतालको सम्पूर्ण कामकाज स्थगित गरेको छ ।
प्रहरीले आइतबार बिहान अस्पताल प्राङ्गण भित्र चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको भन्दै सम्पूर्ण कामकाज स्थगित गरेको अस्पतालका नि. मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिपा यादवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तिमा अस्पतालका आधिकारिक ड्युटीमा रहेका कर्मचारी प्रशासन, चिकित्सक तथा चिकित्सकिय आवास समेतमा गुण्डागर्दी पाराले बर्दिसहितका प्रहरीले कायर्तापूर्वक, निर्ममतापूर्वक कुटपिट गरि छातीमा गोली ते¥याएर मार्ने धम्कीसहित मर्नासन्न अवस्थामा पु¥याएकोमा सम्पूर्ण कर्मचारी, प्रशासन तथा चिकित्सकहरुले सो कार्यप्रति आपत्ति प्रकट गरेका छन् ।
सो कुटपिटबाट ल्याब टेक्निसियन विश्वनाथ मण्डल, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, अहेब रामकुमार यादव, अहेब सुवोध मेहता, अहेब राजाराम यादव, अहेब रजनीकान्त चौधरी र देवानन्द मण्डल घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि मोर्चाका कार्यकर्ताहरुले प्रहरीको भ्यान अस्पताल भित्रै जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ