News Category 2072/08/07
प्रहरी भ्यानमा तोडफोड र आगजनी, अस्पतालमा प्रहरीको ज्यादती
दैनिक संवाददाता
राजविराज, ६ मंसिर ।
सप्तरीको भारदह र रुपनीमा शनिबार राती प्रहरीको गोली लागि दुई आन्दालनकारीको मृत्यु भएको आइतबार बिहानैदेखी सप्तरीको विभिन्न स्थानमा प्रदर्शन जारि रहेको छ ।
सोही क्रममा आन्दोलनकारीहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्रहरीको एक भ्यानलाई प्रदर्शनकारीहरुले तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
ना.१झ. १३१६ नम्बरको जिल्ला प्रहरी कार्यालय सप्तरीको भ्यानलाई प्रदर्शनकारीहरुले तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।
सोही क्रममा प्रहरीले आन्दोलनकारीमाथी लाठी प्रहार गर्दै तितरबितर गरेको थियो भने अस्पताल प्रशासनका कर्मचारी तथा चिकित्सकको आवासमा रहेका व्यक्तिहरुलाई समेत कुटपिट गरेको थियो ।
सो कुटपिटबाट ल्याब टेक्निसियन विश्वनाथ मण्डल, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, अहेब रामकुमार यादव, अहेब सुवोध मेहता, अहेब राजाराम यादव, अहेब रजनीकान्त चौधरी र देवानन्द मण्डल घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ