News Category 2072/08/08
नापी शाखा, काँग्रेस पार्टी, भन्सार तथा भूसंरक्षणमा आगजनी
दैनिक संवाददाता
राजविराज, ७ मंसिर ।
राजविराज ५ स्थित नापी शाखा कार्यालयमा सोमबार साँझ मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन् ।
सो आगजनीबाट कार्यालय परिषरमा रहेको बा १ झ ३४०९ नम्बराको जिप पूर्ण रुपले जलेर नष्ट भएको छ ।
राजविराज नगरपालिकाको बारुण यन्त्रले सो आगजनी नियन्त्रणमा लिएको थियो ।
यसैगरि नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा समेत आगजनी भएको छ । आगजनी हुने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको पार्टीका जिल्ला सभापति दिनेश कुमार यादवले जानकारी दिनुभयो । उहाँले आगजनी मधेशी मोर्चाले गरेको दाबी गर्नुभएको छ ।
यता मधेशी मोर्चाका जिल्ला संयोजक सुनिलकुमार झाले आगजनी आफूहरुले नगराएको दाबी गर्नुभएको छ ।
यसअघि सोमबार बिहान राजविराज ५ स्थित जिल्ला भूसंरक्षण कार्यालयमा समेत मोर्चाले आगजनी गरेको थियो । सो आगजनीबाट कुनै क्षति भएको थिएन ।
यस्तै जिल्लाको को. बर्साइन प्रहरी चैकीमा आइतबार राती मोर्चाले आगजनी गरेको छ । खाली रहेको प्रहरी चौकीमा आगजनी हुँदा चौकी व्यापक रुपमा जलेको छ ।
यस्तै जिल्लाको तिलाठी गाविसमा रहेको राजविराज भन्सार कार्यालयमा मोर्चाले आगजनी गरेका छन् । समयमै प्रहरी पुगेपछि आगजनीबाट ठूलो क्षति हुन पाएन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ