News Category 2072/08/08
प्रहरी प्रशासनले नै विद्यालय जाने वातावरण नबनाएको शिक्षक महासंघको आरोप
दैनिक संवाददाता
राजविराज, ७ मंसिर ।
नेपाल शिक्षक महासंघ तथा संस्थागत विद्यालयका प्याब्सन तथा एन प्याब्सन सप्तरीको सोमबार सम्पन्न संयुक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डलको अध्यक्षतामा सम्पन्न बैठकले मधेशी मोर्चाको आन्दोलनको क्रममा मंसिर ५ र ६ गते सप्तरीको रुपनी, भारदह र राजविराजमा भएको प्रहरीको दमन एवं अमानविय ब्यवहारप्रति घोर भत्सर्ना समेत गरेको छ ।
बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका आत्माको चिर शान्तिको लागि कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनाका साथै आन्दोलनमा घाईते भएका तथा राजविराजमा कर्फयु लगाई राज्य पक्षले जानी वातावरण विगार्ने कार्य गरेको ठहर गरेको छ ।
विज्ञप्तिमा आन्दोलन पक्षहरुसँग सप्तरीका शिक्षकहरुको पेशागत संघ संस्थाहरुले विद्यालय संचालनको लागि आग्रह गरी विद्यालय संचालन भई राखेकोमा प्रशासन एवं प्रहरीलाई कुरा सहन नभएको आरोप लगाइएको छ ।
विद्यालय संचालन पुन अवरुद्ध बनाएको जनाउँदै यस्तो परिवेशमा बालबालिका एवं शिक्षकहरुको जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी हाल रहेको कर्फयुको स्वरुप रहुन्जेलसम्म विद्यालय संचालन नहुने अवस्था श्रृजना भएको हुँदा विद्यालय संचालनको वातावरण निर्माण गर्नु पुर्णत राज्य पक्षको हुनेछ भनि ठहर गरिएको छ ।
सो बैठकमा नेपाल शिक्षक मंचका केन्द्रिय सदस्य दिनेश कुमार यादव, नेपाल शिक्षक संघका अध्यक्ष परसुराम यादव, अखिल नेपाल शिक्षक संघका अध्यक्ष रामेन्द्रनाथ यादव, मधेशी शिक्षक फोरम नेपालका अध्यक्ष श्यामप्रसाद यादव, प्याब्सनका अध्यक्ष पंचदेव यादव, एन प्याब्सनका अध्यक्ष बौकु साह, नेपाल शिक्षक युनियनका सल्लाहकार विजयानन्द झा, सुशिल कुमार गुप्ता, राम नारायण साह लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ