News Category 2070/04/31
कुरितीजन्य हिंसा अन्त्यका लागि प्रजिअलाई ज्ञापनपत्र
दैनिक संवाददाता
राजविराज, ३० साउन ।
कुरितीहरुका कारण हिंसाको बढ्दै गएको भन्दै कुरितीजन्य हिंसा अन्त्य राष्ट्रिय सञ्जाल सप्तरीले बुद्यवार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी लगायतका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
सञ्जालको आयोजनामा महिलाहरुले राजविराजमा ¥याली प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल लगायतलाई ज्ञापनपत्र बुझाएको हो ।
तराईका जिल्लाहरुमा कायम रहेको दाइजो, छुवाछुत, बहुबिवाह, बालबिवाह, बैकल्या जस्ता कुरितीहरुका कारण दलित, बिपन्न र महिलाहरुमाथि यातना र बिभत्स हत्या गर्ने क्रम बढ्दै गएको उल्लेख गर्दै प्रजिअ पौडेललाई बुझाएको ज्ञापनपत्रमा हिंसाको शिकार भएकाहरुलाई क्षतिपुर्ति दिलाउन र कुरिती अन्त्यका लागि भरपर्दाे कदम चाल्न माग गरिएको छ ।
सञ्जालका अध्यक्ष अनिता देवकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पीडितहरुको मागलाई बेवास्ता गरेमा आफ्नो स्वतन्त्रतापुर्वक बाँच्न पाउने हक संरक्षण गर्न सञ्जालले देशव्यापी आन्दोलन थाल्ने उल्लेख छ ।
प्रजिअलाई ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै सञ्जालका पदाधिकारीहरुले समाजमा जरो गाडेर बसेका कुरितीहरुको अन्त्यका लागि सञ्जाल गठन भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ