News Category 2070/04/31
कुरितीजन्य हिंसा अन्त्यका लागि प्रजिअलाई ज्ञापनपत्र
दैनिक संवाददाता
राजविराज, ३० साउन ।
कुरितीहरुका कारण हिंसाको बढ्दै गएको भन्दै कुरितीजन्य हिंसा अन्त्य राष्ट्रिय सञ्जाल सप्तरीले बुद्यवार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी लगायतका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
सञ्जालको आयोजनामा महिलाहरुले राजविराजमा ¥याली प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल लगायतलाई ज्ञापनपत्र बुझाएको हो ।
तराईका जिल्लाहरुमा कायम रहेको दाइजो, छुवाछुत, बहुबिवाह, बालबिवाह, बैकल्या जस्ता कुरितीहरुका कारण दलित, बिपन्न र महिलाहरुमाथि यातना र बिभत्स हत्या गर्ने क्रम बढ्दै गएको उल्लेख गर्दै प्रजिअ पौडेललाई बुझाएको ज्ञापनपत्रमा हिंसाको शिकार भएकाहरुलाई क्षतिपुर्ति दिलाउन र कुरिती अन्त्यका लागि भरपर्दाे कदम चाल्न माग गरिएको छ ।
सञ्जालका अध्यक्ष अनिता देवकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पीडितहरुको मागलाई बेवास्ता गरेमा आफ्नो स्वतन्त्रतापुर्वक बाँच्न पाउने हक संरक्षण गर्न सञ्जालले देशव्यापी आन्दोलन थाल्ने उल्लेख छ ।
प्रजिअलाई ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै सञ्जालका पदाधिकारीहरुले समाजमा जरो गाडेर बसेका कुरितीहरुको अन्त्यका लागि सञ्जाल गठन भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ