News Category 2072/08/10
प्रहरी ज्यादती र दमनको बिरुद्ध स्वास्थ्यकर्मीद्वारा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ९ मंसिर ।
प्रहरीले सप्तरीमा गरेको ज्यादती र दमनको बिरोधमा बुधबार स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।
प्रहरीले अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु माथी गरेको कुटपीट तथा देखाएको अमानविय व्यवहारप्रति सप्तरीका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्नेमाग माग अघि सार्दै गठित संयुक्त संघर्ष समितिको नेतृत्वमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालबाट निस्केको सो जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
प्रहरी दमनको बिरोधमा अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा आइतबारदेखी पूर्ण रुपमा ठप्प रहेको छ । अहिले अस्पतालले आकस्मिक सेवा टेन्ट लगाएर सञ्चालन गरेको छ ।
स्वाथ्यकर्मीहरुलाई प्रहरीले अस्पताल हाताभित्र प्रवेश गरी कुटपीट गरेको भन्दै आफूहरुले असुरक्षित महशुस गरी जिल्लाभरीका सम्पूर्ण स्वास्थ्य संस्थाका सेवाहरु बन्द गरेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. दीपा यादवले बताइन् ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख भीम प्रसाद ढकालले अस्पतालसहित स्वास्थ्य सेवा प्रभावित भएकोमा आफूहरुले गम्भीरतापूर्वक लिएको भन्दै यस विषयमा पहल भइरहेको जानकारी दिनुभयो ।
शनिबार राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले अस्पताल भित्रै रहेको प्रहरी भ्यान जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ