News Category 2072/08/10
अधिकारको लडाई अब समाप्त हुनै लाग्यो ः महतो
दैनिक संवाददाता
राजविराज, ९ मंसिर ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताले १ सय ४ दिनदेखी जारि राखेको अधिकारको लडाईको समाप्त हुनै लागेको दाबी गर्नुभएको छ ।
गत शनिबार र आइतबार सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका चारै जानको परिवारसँग बुधबार भेटघाट गर्ने क्रममा उहाँले सो दाबी गर्नुभएको हो ।
उहाँले जनताको अधिकारको लडाईमा कुनै निरङकुस शासक टिक्न नसकेको बताउँदै मेधशीको लडाईमा सरकार पछाडी हटेको दाबी गर्नुभयो ।
प्रहरीको गोलीबाट भारदहमा मृत्यु भएका सप्तरीको डाढा गाविस ७ बलिया बथनाहाका २२ वर्षिय बिरेन्द्र रामको परिवारजनसँग भेटी अध्यक्ष महतोले सान्त्वना समेत दिनुभएको छ ।
मंसिर ५ गते भारदहमा प्रहरीको गोलीबाट मृत्यु भएका रामका तिन महिनाको छोरा प्रेम कुमार रामसँग पार्टीका राष्ट्रीय अध्यक्ष महतोले केही समय काखँमा लिएर खेलाउनु भएको थियो ।
त्यस्तै रुपनीमा मृत्यु भएका जिल्लाको जमुनी मधेपुरा गाविस ९ छपकी टोलका २७ वर्षिय नागेन्द्र यादव, जमुनी मधेपुराको पर्साही टोल निवासी २० वर्षिय शिव शंकर दास र राजविराज नगरपालिका १ निवासी ४० वर्षिय दिलिप साहको परिवारसँग छुट्टाछुट्टै भेटी मृतक परिवारलाई धैर्यधारण गर्न आश्वासन दिनुका साथै मृतकहरुलाई अविलम्व शहिद घोषणा गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।
मधेश मुक्तिको लागि सहादत प्राप्त गर्नुभएका शहिद रामको परिवारहरुलाई हार्दिक संवेदना प्रकट गर्न पुग्नु भएका सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोका साथै शहिद परिवारसँगको घेटभाटमा पार्टीका राष्ट्रीय उपाध्यक्ष नवलकिशोर साह, पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, दिनेश यादव, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, नगर अध्यक्ष अमरकान्त झा, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव लगायत केन्द्रीय नेता तथा जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ