News Category 2072/08/10
संचारकर्मीले पनि प्रहरी बिरुद्ध गरे प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ९ मंसिर ।
सप्तरीका सम्पूर्ण संचारकर्मीहरु बुधबार राजविराजमा प्रहरी दमनको बिरोध गर्दै प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा निस्केको जुलुसले राजविराज नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
जारि मधेश आन्दोलनमा प्रहरी अमानविय तरिकाले प्रस्तुत हुँदै आन्दोलनकारीहरुलाई अपब्द प्रयोग गरेर गोली प्रहार गरेको भन्दै तथा आन्दोलनकै क्रममा आइतबार राजविराजमा प्रहरीले केही संचारकर्मीहरुलाई कुटपिट, दुरव्यबहार तथा प्रेस र मोटरसाईकलमा गरिएको तोडफोड गरेको बिरोधमा संचारकर्मीहरुले सो बिरुद्ध प्रदर्शन गरेका थिए ।
नागरिक, पत्रकार र स्वास्थ्यकर्मीमाथिको दमन बन्द गर, मधेशको माग अविलम्व सम्बोधन गर भन्ने मुल नाराका साथ पत्रकारहरुद्वारा निकालिएको बिरोध जुलुस नगर परिक्रमा पश्चात् पुनः महासंघ अगाडी पुगेर समापन्न भएको थियो । सो समारोहमा महासंघका कावा अध्यक्ष श्रवण कुमार देवले सप्तरीमा भएको प्रहरी दमन र पत्रकार माथि गरिएको दुव्यवहार र प्रेस र पत्रकारको मोटरसाईकलमा गरिएको तोडफोड घटनाको घोर भत्सर्ना गर्दै प्रहरी दमन बन्द नगरे पत्रकारहरु समेत आन्दोलन ओलर्ने चेतावनी समेत दिनुभयो । बिरोध जुलुसमा दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ