News Category 2072/08/11
सरकारले मुलुकमा गृहयुद्ध गराउन खोजिरहेको छ ः महतो
दैनिक संवाददाता
राजविराज, १० मंसिर ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मुलुकमा सम्प्रदायिक दंगाको नारा दिँदै मुलुकमा गृह युद्ध भड्काउन खोजिरहेको आरोप लगाउनु भएको छ ।
सद्भावना पार्टी सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले विगत एकसय चार दिनदेखी मधेशमा जारि शान्तिपूर्ण आन्दोलनका क्रममा मधेशीहरुले कुनै सम्प्रदायिकता फैलाउन नखोजेको तर, अहिले सरकारको निर्देशनमा प्रहरीले मधेशका जिल्लाहरुमा सम्प्रदायि दंगा फैलाउन खोजेको आरोप लगाउनु भयो ।
महतोले सरकार खोक्रो राष्ट्रवादीको नारा लगाएर मधेश अन्दोलनलाई भाड्न खोजेको आरोप लगाउँदै एतिहासिक र शान्तिपूर्ण मधेश जनअन्दोलन कुनै समुदायसँग नभएर राज्यपक्षसँगको लडाई भएको स्पष्ट पार्नुभयो ।
उहाँले मधेशमा बस्ने सम्पूर्ण पहाडी समुदायलाई पनि जारि मधेश आन्दोलनमा एक्यबद्धता जनाउन आग्रह समेत गर्नुभयो । उहाँले मधेशी सभासद्हरुले संविधानमा हस्ताक्षर गरेर मधेशीहरुलाई सडकमा ल्याएको आरोप समेत लगाउनुभयो ।
आन्दोलनको क्रममा औषधीको गाडी र एम्बुलेन्समा तोडफोड र आगजनी सरकारकै घुसपैठीहरुले गरेको आरोप लगाउनुभयो । उहाँले मधेशी जनताहरु अब चौथो मधेश आन्दोलनको पक्षमा नरहेकोले यही शान्तिपूर्ण आन्दोलनबाटै मधेशको मुक्ति हुने विश्वास व्यक्त समेत गर्नुभयो ।
काँग्रेस, एमाले र एमाओवादी तीनै पार्टीले मधेशी मोर्चाद्वारा बुझाइएको ११ सुत्रिय माग प्रति गम्भिर भए मात्र वार्ता सम्भव हुने जिकिर गर्नुभयो । संविधानमा सम्झौताहरु उल्लेख भएमात्र आन्दोलन स्थगित हुने उहाँको धारणा छ ।
वर्तमान सरकारले भारतसँगको कुटनितिज्ञ सम्बन्ध बिगारेकोले अहिले नेपाली जनताले दुःख भोग्नु परेको उहाँले बताउँदै मधेशी जनताको माग पुरा भए सम्पूर्ण समस्याको समाधान हुने दाबी गर्नुभयो ।
अहिले नेपालका मधेशी भन्दा पहाडी, हिमाली र काठमाडौंवासीबढी दुःखी भएको उहाँको कथन छ । गत बैशाखमा भुकम्प गएको तीन दिन भित्रै जसरी मधेशका जनताले पहाडी जनतालाई सहयोग गरे त्यसरी नै अहिले मधेशी जनताले उनीहरुको सहयोगको अपेक्षा राखेको जिकिर गर्नुभयो ।
यसअघि अध्यक्ष महतो रुपनी, भारदह र राजविराजमा प्रहरीको गोली लागि मृत्यु भएका चारैजनाको परिवारसँग भेटगरि सान्त्वना दिनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ