News Category 2070/04/32
बेपत्ता अहेब साहको अवस्था पत्ता लगाइदिन आग्रह
दैनिक संवाददाता
राजविराज, ३१ साउन ।
वरिष्ठ अहेव छेदीलाल साह वेपत्ता भएको एक महिना बितिसक्दा कुनै अत्तोपतो नलागेपछि उहाँका परिवारजन चिन्तित बनेका छन् ।
बेपत्ता भएको महिना दिन बितिसक्दा पनि प्रशासनले उहाँको खोजतलाशका लागि चासो नदेखाएको भन्दै परिवारजनले आपति समेत जनाएका छन् ।
सप्तरीको खोक्सर प्रवाहा गाविस निवासी बरिष्ठ अहेबको रुपमा ताप्लेजुङ्गको महाश्रीङ इलाका स्वास्थ्य चौकीमा कार्यरत साह ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङ्गबाट गोष्ठी सकेर कार्यक्षेत्र फर्किने क्रममा गत असार २५ गतेदेखि बाटोबाटै बेपत्ता भएका थिए ।
साह सम्पर्कबिहीन भएको लामो समय बितिसक्दा पनि कुनै जानकारी नआएकाले आफुहरु चिन्तामा डुबेको उहाँका परिवारजनले बताएका छन् ।
राजविराजमा बिहीवार पत्रकार सम्मेलन गरी परिवाजनले उहाँको खोजतलाश गरिदिन सबैपक्षसँग आग्रह समेत गरेका छन् ।
श्रीमानको अत्तोपतो नभएपछि साहकी श्रीमती भोलादेवी पटक–पटक मुर्छित पर्ने गरेको उहाँका कान्छो छोरा विनोद साहले बताउनुभयो ।
वरिष्ठ अहेव साह वेपत्ता भएपछि स्थिती सार्वजनिक गर्न माग गर्दै ताप्लेजुङ्गस्थित विभिन्न स्वास्थ्य सम्बद्ध कर्मचारी संगठनहरुले गत साउन ७ गते नै त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएपनि स्थानिय प्रशासनले उहाँको खोजतलाशका लागि खासै कुनै प्रयास नगरेको बिनोदले गुनासो पोख्नुभयो ।
वेपत्ता वरिष्ठ अहेव साहलाई खोज्न जेठो छोरा मनोजसहित आफ्न्तजनहरु ताप्लेजुङ्ग गएको महिना बित्दा पनि कुनै अतोपतो लाग्न नसकेको त्यहाँबाट फोनमा मनोजले जानकारी दिनु भएको छ ।
वरिष्ठ अहेव साह सम्पर्कबिहीन भएको लामो समय बित्दा पनि स्थानीय प्रशासनले उनी जिउँदै छन कि मरेको भनि विषयमा केही नखुलाउँदा पीडित परिवार थप समस्यामा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ