News Category 2072/08/12
उधारोमा सम्झौता हुँदैन ः अध्यक्ष महतो
दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले अब मधेशी जनताले कुनै पनि उधारोमा सम्झौता नगर्ने बताउनुभएको छ ।
सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष महतोले शुक्रबार सप्तरीको विभिन्न गाविसमा जनतासँग भेटघाट गरी जारी मधेश आन्दोलनलाई अझ सशक्त बनाउने सम्बन्धि प्रशिक्षण दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले मधेशी जनता आफ्नो अधिकारका लागि गर्दै आएको मधेश आन्दोलनलाई बदनाम गर्न सरकारले विभिन्न नौटङ्की गर्ने गरेको आरोप लगाउँदै मधेशी, थारु, दलित र जनजातिलाई नगद अधिकार संविधानमा चाहिएको बताउनुभयो ।
सप्तरीको को.बर्साईन गाविस ३ बनरझुलामा आन्दोलनकारीलाई सम्बोधन गर्दै अध्यक्ष महतोले मधेशीको बिरोधी मधेशी नै हो त्यस्ता मधेशीलाई समाजिक रूपमा बहिष्कार गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले त्यसपछि कसैले रोक्दैन हाम्रो अधिकारलाई र मधेशी जनताको जित सुनिश्चित हुने जिकिर गर्नुभयो ।
अध्यक्ष महतोले अन्याय गर्ने दोषी हो र अन्याय सहने पनि दोषी नै हा,े त्यसैले अधिकार लिन हामी सबैलाई एकजुट भएर त्यस्ता मधेशी वा पहाडी गद्दारसँग लड्नु जरूरी रहेको स्पष्ट पार्दै त्यसका लागि लाखौंको संख्यामा सड़कमा आउन सम्पुर्ण मधेशी जनसमुदायसँग आग्रह गर्नुभयो ।
पर्टीका धर्मनारायण रायको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पार्टीका राष्ट्रीय उपाध्याय नवलकिशोर साह, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, शशि यादव लगायतका नेताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
त्यस्तै सप्तरीको शम्भूनाथ नगरपालिकाको कठौना बजारमा स्थानीय उम्देश्वर साहको अध्यक्षतामा तथा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, केन्द्रीय संगठन विभाग सदस्य दिनेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव हरेराम यादव र विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी शुक्रबार साँझ जिल्लाको मलेठ गाविसमा समेत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महतो सहित पार्टीका विभिन्न नेताका साथै स्थानीय भिमराज यादव, रामचन्द्र यादव, रामकिसुन यादव सहितकाहरुले आ–आप्mनो विचार राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ