News Category 2072/08/13
प्रहरीको असभ्य भाषा शैलीको पत्रबाट आफूहरु झन दुःखित ः डा. यादव
राजविराज÷चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि प्रहरीद्वारा गरिएको कुटपीट तथा दुव्र्यवहारको घटनाको विरोध गर्दै जारी आन्दोलनको सम्बोधन हुन नसक्दा अस्पतालको स्वास्थ्यकर्मीहरुको धर्ना जारी रहेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालभित्र प्रवेश गरी कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रहरीले गत आइतवार निर्घात कुटपीट गरेको विरोधमा अस्पतालसहित जिल्लाभरिका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका हुन् ।
जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता सोमवारदेखि निरन्तरता दिँदैआएका छन् ।
जिल्लाभरिका सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द रहेका कारण सर्वसाधारण जनता स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । यद्यपी मानवीय सम्वेदनालाई मध्यनजर गर्दै अस्पताल परिसरमै पालमुनि आकस्मिक सेवा थालेर धर्नासहितका विरोध कार्यक्रमलाई उनीहरुले निरन्तरता दिएका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्घात कुटपीट गर्ने आदेश दिने सशस्त्र र नेपाल प्रहरीका एसपीहरुको निलम्बन, घाइतेहरुको निःशुल्क उपचार र शान्तिसुरक्षाको सुनिश्चितालगायतका मागहरु राखेर विगत पाँच दिनदेखि आन्दोलनमा उत्रेका छन् ।
आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिकी संयोजक समेत रहेकी अञ्चल अस्पतालकी निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. दीपा यादवले शनिबार एक विज्ञप्ती प्रकाशन गरी आफूहरु वार्ताबाटै समस्याको निकास खोज्न तयार रहे पनि प्रहरी प्रशासनले नै गम्भीरतापूर्वक नलिएको बताइन् ।
यता अस्पतालमा चिकित्सकसहित कर्मचारीहरुमाथि गरिएको घोर अमानवीय व्यवहारको विषयमा जिल्ला प्रशासन कार्यालयबाट पाएको पत्रमा ‘त्यहाँ के कसो भएको भएको हो ? छलफलका लागि उपस्थित हुनु’ भनी असभ्य भाषा शैलीको पत्रबाट आफूहरुलाई झन दुःखित तुल्याएको डा. यादवले बताइन् ।
हस्ताक्षरित विज्ञप्तीमा जायज मागहरु अविलम्व सम्बोधन नभए देश भरीका सम्पुर्ण स्वास्थ्य संस्थाहरु ठप्प पारी संघर्षमा उत्रने चेतावनी समेत दिनुभएको छ । साथै जायज मागहरु पुरा गराउने तर्फ पहल गरिदिनुहुन सम्पुर्ण पेशाकर्मी संघ संगठन, महासंघका केन्द्रिय कार्य समितिलाई समेत आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ