News Category 2072/08/13
सप्तरी प्रहरीद्वारा ठूलो परिणामको पेट्रोलियम पदार्थ नियन्त्रणमा
राजविराज÷मधेशमा जारी आन्दोलनका कारण तराईमा पेट्रोलियम पदार्थको चोरी तस्करी निकै फष्टाएको छ ।
सोही क्रममा पुर्वबाट पश्चिमतर्फ लु.१ का १०११ नम्बरको बोलेरो पिकअक भ्यानमा पेट्रोलियम पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाले गोप्य सुचनाको आधारमा ठुलो परिणाममा पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोप्य सुचनाको आधारमा बोलेरो पिकअक भ्यान सहित २ हजार २ सय लिटर डिजल र ४ सय लिटर पेट्रोल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक शेसराज थानेदारले जानकारी दिनुभयो ।
यसअघि पनि प्रहरीले सोही स्थानबाट ठुलो परिणाममै पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएपनि अहिलेसम्म प्रहरी प्रशासनले सार्वजनिक गरेको छैन् ।
त्यसैगरी जिल्लाको बेल्ही चपेना गाविस ९ पिपरा टोलबाट मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले ५० लिटर डिजल नियन्त्रणमा लिएको मोर्चाका स्थानीय नेता शुभ नारायण यादव मालाकारले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियान अन्तर्गत उक्त परिणाममा सो डिजल नियन्त्रणमा लिएको मोर्चाका नेताहरुले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ