News Category 2072/08/14
लोकतान्त्रिक मोर्चा र समावेशी गठबन्धनको छुट्टाछुट्टै बिरोध सभा एवं शक्ति प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १३ मंसिर ।
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सहित ९ दलिय गठबन्धनले आइतवार विशाल आमसभाको आयोजना गर्दै शक्ति प्रर्दशन गरेका छन् । इटहरीमा एमाले पार्टीको कार्यकर्ताले कार्यक्रम बिथोलेपछि विराटनगरमा विशाल जनसभा गर्दै मोर्चाले शक्ती प्रर्दशन गरेका हुन ।
आमसभालाई मोर्चाका चारै शिर्ष नेताहरुले सम्बोधन गरेका छन् । आमसभालाई सम्बोधन गर्दै संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको दिन गिन्ती शुरु भई सकेको बताउँदै ओली सरकारको पतन निश्चित भएको बताउनु भयो । उहाँले अब ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताउँदै ओलीको बोली र व्यवहारले पतन निश्चित भएको बताए ।
त्यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले, सत्तारुढ दल र नेपाली काँग्रेसका वार्ताको नाटक गरि रहेको बताउँदै ओली सरकार सँग वार्ताको औचित्य समाप्त भएको बताए ।
कार्यक्रममा बोल्दै तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेशी जनताले गरेको १०६ दिनको आन्दोलन र ६६ दिनको नाकाबन्दीलाई भारतसंग जोडेर सरकारले दुष्प्रचारित गरेको बताए, उनले भने, सरकारले नाकाबन्दीको अन्तरराष्ट्रीयकरण गर्यो, तर यसले मधेशी मुद्दालाई पूरै दुनियांमा फैलायो ।
सो सभामा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले समेतले सम्बोधन गर्दै अझ कडा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
कार्यक्रममा गाँउ गाँउ देखि हजारौंको संख्यामा जनता आमसभामा सहभागी भएका थिए ।
यसैगरि सर्लाहीको बरहथवामा आइतबार संघीय समावेशी मधेसी गठबन्धनले बिरोध सभा गरेको छ । गठबन्धनमा तमरा अभियान, रामसपा, नेसपा, फोरम गणतान्त्रिक रहेका छन् ।
सो सभामा रामसपाका अध्यक्ष शरद सिंह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र नेसपाका अध्यक्ष अनिल झा, तमरा अभियानका नेता आत्माराम साह सहितका नेताहरुले सम्बोधन गर्नुभएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी रहने नेताहरुको भनाई थियो ।
यसअघि शनिबार मात्र बीरगंजबाट गठबन्धनले संविधान संशोधनको लागी ९ सूत्रीय ध्यानाकर्षण पत्र जारी गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ