News Category 2072/08/14
रिङ्ग रोडमा स्कुले बालबालिकाहरुको प्रदर्शनप्रति सप्तरीका विभिन्न शैक्षिक संघसंस्थाद्वारा बिरोध
दैनिक संवाददाता
राजविराज, १३ मंसिर ।
सप्तरीका सम्पुर्ण शैक्षिक संघ संस्थाहरुले मंसिर ११ गते काठमाडौं रिङ्ग रोडमा स्कुले बालबालिकाहरुको प्रदर्शन तथाकथित मानव साङ्गलोले सप्तरीमा निजी क्षेत्रका विद्यालय छाता संगठन, प्याब्सन, एन प्याब्सन, नेपाल प्याब्सन, हिसान र साुमदायिक तर्फका शिक्षक महासंघ समेतको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोजित पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्र प्रसाद साह, नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष देवु प्रसाद यादव, नेपाल शिक्षक मंचका अध्यक्ष सुकदेव यादव, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामेन्द्रनाथ यादव, मधेशी शिक्षक फोरम नेपालका अध्यक्ष श्याम प्रसाद यादव, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष किशोर कुमार साह, प्याव्सनका अध्यक्ष पंचदेव यादव, नेशनल प्याव्सनका अध्यक्ष बौकु साह, नेपाल प्याव्सनका अध्यक्ष दिनेश कुमार यादवद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको हो ।
हस्ताक्षरित विज्ञप्तीमा बालअधिकार र संरक्षणको माग गर्नु जायज कुरा भएपनि त्यसमा दुईमत नभएको तर, त्यसकै आडमा राजनीति गर्नु वा राजनीतिमा फस्नु काठमाडांैस्थित छाता संगठनका केन्द्रिय पदाधिकारी एवं शिक्षकहरका लागि अशोभनीय पक्ष भएकोले यस्तो कुकृत्यको कार्यको घोर भत्र्सना गरिएको छ ।
सरकार र सरकारी बोली मात्र बोल्ने बहुसंख्यक राष्ट्रिय मिडियाको भाषामा अघोषित नाकाबन्दी भन्दा पहिला लगभग पचास दिनसम्म तराई मधेशका बालबालिकाहरुले विद्यालय जान नपाएको, त्यतिवेला र आजका दिनसम्म पनि यी छाता संगठनहरु र शिक्षकहरुले एक शब्द नबोलेको भनि प्रश्न गर्दै छाता संगठन र शिक्षकहरुको पनि विभेद र निषेध तथा किताबाटको खुल्ला राजनीति शुरु गरेको जनाएको छ ।
त्यस्तै बालअधिकार र अधिकारहरुको क्षेत्रमा काम गर्ने आईएनजियो, एनजियो र राष्ट्रिय मिडिया, सरकार, आन्दोलनरत पक्षहरु र अन्य सम्बन्धित निकायले आ–आप्mनो चश्मा फराकिलो बनाउ, वर्गिय चरित्रको घेराभन्दा आउ र नेपाललाई समग्रमा हेर्ने गरौं भन्दै काठमाण्डौ र एउटा खास वर्ग मात्र नेपाल र नेपाली नरहेको आरोप लगाईएको छ ।
सोही सम्बन्धमा राजविराजस्थित जेसिज भवनमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न शिक्षक संघ संगठनका अध्यक्ष सहित नेपाल शिक्षक महासंघका सल्लाहकार विजयानन्द झा, निलम मिश्रा, रामनाथ मेहता, एन प्याव्सनका सचिव नरेश प्रताप साह, प्रदीप चौधरी सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ