News Category 2070/02/27
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि बनाइएको गेटहरु तोडियो
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि बनाइएको गेटहरु बिभिन्न विद्यार्थी संगठनका नेता÷कार्यकर्ताहरु मिलेर तोड्फोड गर्दै आगजनी गरेका छन् ।
बिभिन्न दल निकट विद्यार्थी संगठनहरुले राजविराजको बिभिन्न ठाउँमा बनाइएको स्वागत द्वार भत्काइदिएका छन् । सोमबार पूर्व राजा शाह सप्तरी आउने तय भएको छ ।
आयोजकले राजविराजको बिभिन्न ठाउँमा बनाएको गेट आइतबार साँझ विद्यार्थी संगठनहरुले तोड्फोड गरेका छन् । गजेन्द्र चोक, जनआन्दोलन चोक, रुपनी मोडसहित नगरको प्रत्येक ठाउँमा लगाइएको स्वागत द्वार विद्यार्थी संगठनले तोड्फोड गर्दै आगो लगाएका हुन् ।
पूर्व राजालाई सप्तरी बोलाउने आयोजकले नगरको हरेक ठाउँमा गेट बनाएका थिए ।
काँग्रेस, एमाले, मधेसी जनअधिकार फोरम नेपालसहितका विद्यार्थी संगठनका नेता÷कार्यकर्ताहरुले गेट भत्काएका हुन् । तोड्फोड्मा संलग्न रहेका नेवि संघका पार्थाे सरकार र विद्यार्थी फोरमका केदार यादवलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ