News Category 2070/02/27
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि बनाइएको गेटहरु तोडियो
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि बनाइएको गेटहरु बिभिन्न विद्यार्थी संगठनका नेता÷कार्यकर्ताहरु मिलेर तोड्फोड गर्दै आगजनी गरेका छन् ।
बिभिन्न दल निकट विद्यार्थी संगठनहरुले राजविराजको बिभिन्न ठाउँमा बनाइएको स्वागत द्वार भत्काइदिएका छन् । सोमबार पूर्व राजा शाह सप्तरी आउने तय भएको छ ।
आयोजकले राजविराजको बिभिन्न ठाउँमा बनाएको गेट आइतबार साँझ विद्यार्थी संगठनहरुले तोड्फोड गरेका छन् । गजेन्द्र चोक, जनआन्दोलन चोक, रुपनी मोडसहित नगरको प्रत्येक ठाउँमा लगाइएको स्वागत द्वार विद्यार्थी संगठनले तोड्फोड गर्दै आगो लगाएका हुन् ।
पूर्व राजालाई सप्तरी बोलाउने आयोजकले नगरको हरेक ठाउँमा गेट बनाएका थिए ।
काँग्रेस, एमाले, मधेसी जनअधिकार फोरम नेपालसहितका विद्यार्थी संगठनका नेता÷कार्यकर्ताहरुले गेट भत्काएका हुन् । तोड्फोड्मा संलग्न रहेका नेवि संघका पार्थाे सरकार र विद्यार्थी फोरमका केदार यादवलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ