News Category 2070/04/32
केही राजनीतिककर्मीहरुले सम्बन्धलाई खल्बल्याउने गरेको आरोप
दैनिक संवाददाता
राजविराज, ३१ साउन ।
भारतको ६७ औं स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत युवा मैत्री संघ सप्तरीले भारतीय नागरिक एवं नेपाली शुभेच्छुकहरुमा शुभकामना व्यक्त गरेको छ ।
नेपाल–भारत युवा मैत्री संघ सप्तरीका अध्यक्ष किशोरकुमार यादव र सचिव श्रवण कुमार देवले बिहीवार प्रेस बिज्ञप्ती जारी गर्दै भारतको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
नेपाल र भारतबीच शताब्दियौंदेखि रोटीबेटीको सम्बन्ध कायम रहँदै आउनुको साथै नेपाल र भारतका जनताबीच शाश्वत र हार्दिक सम्बन्ध जनाएको छ ।
१५ अगष्ट १९४७ मा भारतका स्वतन्त्रता सेनानीहरुको सपना साकार भएको र बेलायती उपनिवेशबाट भारतले स्वाधीनता प्राप्त गरेको सम्झनामा भारतले आजको दिनलाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।
भारतको स्वतन्त्रता संग्राममा नेपालीहरुले पनि योगदान पु¥याएको र नेपालको विकासका लागि भारतले खेल्ने गरेको भूमिकालाई पनि नेपालीले पनि कदर गर्नुपर्ने जनाउँदै बिज्ञप्तीमा भारतले आफ्नो स्वतन्त्रता दिवस मनाइरहँदा छिमेकी नेपालीलाई पनि आफ्नो सफलतामा सहभागी गराएकोले पनि दुवै देशबीचको सम्बन्ध अझ कसिलो हुँदै गएको उल्लेख छ ।
बेलाबखत केहि राजनीतिककर्मीहरुले नेपाल भारतबीचको सम्बन्धलाई खल्बल्याउने तरिकाले अभिव्यक्तिहरु प्रेषित गर्नु नेपाल र भारत दुबैका हितका लागि उचित नहुने बताउँदै ज्ञिप्तीमा खुल्ला सिमाना भएको र हाम्रा संस्कृति, सभ्यता, विचार, रहनसहन, सामाजिकता आदि मेल खाने देश भएका कारण मात्र नेपाल र भारतको सम्बन्ध गाँसिएको नभई प्राचिनकालिन सम्बन्ध भएको उल्लेख गरिएको छ ।
यो सम्बन्ध हरेक नेपाली र हरेक भारतीयको हृदयसँग जोडिएकोले एक अर्काको स्वाभिमान रक्षाका लागि सह अस्तित्वका लागि विकासका बाटाहरु पहिल्याउनु र सामाजिक सशक्तिकरणका लागि नेपाल र भारतको अटुट सम्बन्ध यसरी नै चीरस्थायी होस र रहनुपर्छ भन्ने शुभकामना समेत ब्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ