News Category 2072/08/16
सप्तरीका ६ वटै शहिदप्रति श्रद्धाञ्जली व्यक्त
दैनिक संवाददाता
राजविराज, १५ मंसिर ।
बौद्धिक समाज सप्तरीले मंगलबार राजविराजमा ¥याली निकालेर मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विर शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मधेश आन्दोलनका क्रममा सप्तरीमा शहादत प्राप्त गरेका ६ वटै विर शहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्नका लागि बौद्धिक समाज सप्तरीले राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट ¥याली निकालेर नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलने चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
सो सभामा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले मधेश आन्दोलनमा मानवअधिकार हनन्को घटना बढ्दै गएको आरोप लगाउँदै प्रहरी दमनको घोर भत्सर्ना गर्नुभयो । प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशी जनताहरु साढे तिन महिनादेखि अधिकारको लागि लड्दै आएपनि वर्तमान सरकार वार्ताको नाटक गरेर आन्दोलन भाड्ने षडयन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले आन्दोलनरत पक्षको जायज माग अविलम्व वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ राजनीतिज्ञ मण्डलले मधेश आन्दोलनको क्रममा प्रहरीद्वारा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि गरिएको दुव्र्यवहार र कुटपिट घटनाको घोर भत्सर्ना गर्दै अस्पतालको समस्या अविलम्व समाधान गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
बौद्धिक समाज सप्तरीका संयोजक प्रा.अमरकान्त झाको अध्यक्षतामा आयोजित सो बिरोध सभामा मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डल, प्रा.गजेन्द्र कुमार सिंह यादव, पुर्व जिएम तेजकान्त झा, पुर्व प्राचार्य नथुनी दास, ईन्जिनियर सुगम्बर यादव, मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झा, मानवअधिकारकर्मी धर्मदेव यादव, किसान नेता बिशेश्वर यादव, मधेशी मोर्चाका नगर संयोजक उमेश साह, अन्तर्राष्ट्रिय मैथिल परिषदका अध्यक्ष करुणा झा, मधेशी मोर्चा मलेठका सदस्य रामकिसुन यादव लगायतका बक्ताहरुले मधेशको माग अविलमव वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
मधेश आन्दोलनको क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका सप्तरीका विर शहिदहरु क्रमश राजिव राउत, रामकृष्ण राउत, नागेश्वर कुमार यादव, बिरेन्द्र कुमार राम, दिलिप कुमार साह र शिबशंकर दासप्रति श्रद्धाञ्जली अपर्ण गर्नका लागि श्रद्धाञ्जली सभाको आयोजना गरिएको समाजका सचिव अनिलकुमार अनलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ