News Category 2072/08/16
सम्वादबाट समस्याको समाधान गर्नुको साटो राज्य दमनमा उत्रेको काँग्रेस सप्तरीको ठहर
दैनिक संवाददाता
राजविराज, १५ मंसिर ।
नेपाली काँग्रेस सप्तरीले विगत लामो समयदेखी मधेशमा अधिकार र प्रतिनिधित्वको सुनिश्चितताका लागि भइरहेको शान्तिपूर्ण आन्दोलनलाई सार्थक सम्वादबाट समाधान गर्नुको साटो राज्य दमनको बाटोमा उत्रेर निहत्था आन्दोलनकारीमाथी लाठी, बुट र गोली बर्साउने तथा मानव नरसंहारमा उत्रेको ठहर गर्दै त्यस्ता गतिविधि अविलम्ब रोक्न माग गरेको छ ।
काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा भातृ संघसंस्था, महाधिवेशन महासमिति टे«ड युनियन, प्राध्यापक, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, मजदुर लगायत विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिहरुको मंगलबार सम्पन्न बैठकले सो माग गरेको सभापति यादवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै नयाँ संविधानमा छुटेका तथा काँग्रेसले संसद सचिवायमा दर्ता गराएका समावेशी, समानुपातिक, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तथा संघीयताको खाकामा देखिएको सबैखाले समस्या अविलम्ब संशोधनमार्फत सम्बोधन गरि मुलुकमा शान्ति, सद्भाव कायम गर्न राज्य पक्षसँग जोडरदार माग गरिएको उल्लेख छ ।
आन्दोलनका क्रममा राज्यपक्षद्वारा सप्तरीमा ६ जनाको ज्यान गइसकेको र तीन दर्जन बढी घाइते बनाएको घटनाको घोर भत्र्सना गर्दै वर्वरतापूर्ण हत्या र गम्भिर मानवअधिकार उलंघनका घटनाहरुको न्यायिक छानबिन गरि दोषिलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्तीका लागि माग गरिएको छ ।
यस्तै स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल भित्र प्रहरी पसेर मानवीय सेवामा खटेका स्वास्थ्यकर्मीहरु माथी गरेको कुटपिटको बैठकले निन्दा गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना तथा उपचारको व्यवस्था मिलाउन राज्यपक्षसँग माग गरिएको छ ।
विज्ञप्तिमा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अविलम्ब शहिद घोषणा र आवश्यक क्षतिपूर्तीका लागि राज्यपक्षसँग माग गरिएको छ भने काँग्रेसका क्रियाशिल सदस्य दिलिप साहको १३ औं दिनको पुण्यतिथिका दिन वडा समितिको आयोजनामा गरिने श्रद्धाञ्जली सभामा सहभागि हुन सबैमा आग्रह समेत गरेको छ ।
यसैगरि बन्द हडतालको बहानामा हाल बजारमा खुलेआम भइरहेको कालो बजारी र महँगी नियन्त्रणका लागि आवश्यक पहल गर्न बैठकले माग गर्दै मधेशका सबैखाले समस्या समाधानका लागि काँग्रेस आफ्नो तर्फबाट हरसम्भव प्रयास जारि राखेको भन्दै कसैलाई निषेधको राजनीति नगर्न र एकताबद्ध भई अघि बढ्न सबैमा हार्दिक अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ