News Category 2072/08/17
मधेशी र थारु समुदायमाथि भएको प्रहरी दमनबिरुद्ध लन्डनमा प्रर्दशन
दैनिक संवाददाता
लन्डन, १६ मंसिर ।
एसोसिएसन अफ नेपलिज मधेशीज् इन दि यूकेले नेपालमा मधेशी र थारु समुदायमाथि चरम अत्याचार, दमन र मानवअधिकार हनन भइरहेको जनाउंदै अन्तर्राष्ट्रिय समुदायसमक्ष ध्यानाकर्षण गराएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाउंदै एसोसिएसनले निर्दोष मधेशी र थारुहरुको आधारभूत मानवअधिकार समेत ख्याल नगरि दमन गरिएको दावी गरेको हो ।
एसोसिएसनले उक्त ज्ञापन बेलायती प्रधानमन्त्री, मानवअधिकार संगठन र अन्य अन्तर्राष्ट्रिय संघसंस्था एवं कुटनीतिज्ञहरुलाई समेत दिइएको जनाएको छ ।
उता, सर्वोच्च अदालतले घातक हतियार प्रयोग नगर्न अन्तरिम आदेश दिंदा समेत नेपाल सरकारले दमन गरिरहेको भन्दै त्यस अत्याचार विरुद्ध एसोसिएसनले बिहीबार बेलायती संसद अगाडि प्रदर्शन गरेको जनाएको छ ।
एसोसिएसनका सचिव पुष्कर पटेलले शुक्रवार एक विज्ञप्तिमार्फत एसोसिएसनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मधेशी र थारु समुदायको वाक स्वतन्त्रता र मानवअधिकार विपरित सरकारको अन्याय विरुद्ध जारी आन्दोलनमा पूर्ण साथ दिने समेत जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ