News Category 2072/08/17
आन्दोन अझ सशक्त बनाउनुपर्छ ः महतो
दैनिक संवाददाता
राजविराज, १६ मंसिर ।
सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले जारी मधेश आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सप्तरीको हनुमाननगरमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै अध्यक्ष महतोले सो कुरामा जोड दिनुभएको हो ।
त्यस्तै बभनगामाकटी गाविसको निमावि तोपामा आयोजित एक कार्यक्रमबिच नेपाली काँग्रेस, एमाले र एमाओवादी पार्टी परित्याग गरी सयौ जना सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
बभनगमाकट्ी गाविसका एमाओवादी गाउँ कमिटिका अध्यक्ष जगदीश मण्डल, एमालेका गाउँ कमिटीका अध्यक्ष गोपी देव, हनुमाननगरका काँग्रेस इकाई सदस्य राधे दास र इनर्वाका काँग्रेसका नेता महादेव पासवान लगायत सयौंको संख्यामा सो पार्टी परित्याग गरि सदभावना पार्टीमा प्रवेश गरे ।
यसैबिच सोही कार्यक्रममा नव प्रवेशीहरूलाई राष्ट्रिय अध्यक्ष महतोले फुलमाला र अविरले टीका लगाई स्वागत समेत गर्नुभएको थियो ।
सोही कार्यक्रममा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, विशेश्वर रजक, दिनेश कुमार यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, पार्टीका क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव लगायतले आ–आप्mनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ