News Category 2072/08/18
मोर्चाद्वारा शहिद परिवारलाई २५ हजार सहयोग प्रदान
दैनिक संवाददाता
राजविराज, १७ मंसिर ।
मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवारलाई मधेशी मोर्चा सप्तरीले २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
मोर्चाको सम्पन्न बैठकले प्रत्येक शहिद परिवारलाई तत्काल २५÷२५ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने निर्णय अनुसार बिहिबार सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर यादवलाई सो आर्थिक सहयोग प्रदान गरिएको हो ।
सोही आर्थिक सहयोग कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश प्रसाद यादव, नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश सिंह, सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, मोर्चाका संयोजक सुनिल कुमार झा, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता केदार यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुवी यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य तारकेश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच सप्तरी मोर्चाका नेताहरूले शहिद परिवार सँगको भेटघाटको क्रममा राष्ट्रीय मानवअधिकार आयोगको टोली समेत पुगेकोले मोर्चा र मानवअधिकारवादी बीच केंही समय छलफल र मोर्चाका नेताले राज्यले आन्दोलनको क्रममा गरेको विभेद, दमनकारी नीति तथा मधेशी जनताप्रति गरिएको भेदभावको बारेमा समेत जानकारी गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ