News Category 2072/08/19
शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सप्तरीका ६ वटै शहिदहरुप्रति मधेशी मोर्चा सप्तरीले शुक्रबार राजविराजस्थित गजेन्द्र चौकमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरु सप्तरीको भारदह निवासी राजिव राउत, रामकृष्ण राउत, जमुनी मधेपुरा ९ छपकी टोल निवासी नागेश्वर यादव, डाढा गाविस ४ बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा प्रसाही टोल निवासी शिवशंकर दास र राजविराज १ निवासी दिलिप साहप्रति श्रद्धाञ्जली ब्यक्त गर्न सो श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
मधेशी मोर्चाका जिल्ला संयोजक सुनिल कुमार झाको अध्यक्षतामा स्थानिय गजेन्द्र चौकमा आयोजित श्रद्धाञ्जली सभामा सहभागि अधिकांश बक्ताहरुले मधेशको जायज माग सम्बोधन भएमात्र साकार हुने विश्वास ब्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास कुमार तिवारीले काग्रेस, एमाले र एमाओवादी तिन वटै दल मिलेर संविधानको ३०८ वटै धारामा मधेशको मुद्दा विवादित पार्ने कार्य गरेको आरोप लगाउँदै फास्ट ट्रयाकको संविधानमा मधेश प्रदेश कहि कायम नरहेको बताउनुभयो ।
त्यस्तै सोही श्रद्धाञ्जली सभामा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहले मधेशको माग सम्बोधन भएमात्र मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका विर शहिदहरुको सपना साकार हुने विश्वास ब्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, विशेश्वर रजक, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य बिशेश्वर यादव, नेकपा (माओवादी) का केन्द्रिय सदस्य भुलाई राम, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्यद्वय जय प्रकाश ठाकुर, साधना झा, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय जय प्रकाश सिंह, सुरेश कुमार सिंह, राम नारायण यादव, रामवृक्ष महतो, नेपाल सद्भावना पार्टी गजेन्दवादीका केन्द्रिय सदस्य सावित्री पण्डित, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक कुमार यादव, चित नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका पुर्व केन्द्रिय सदस्य भरत साह, महिला मंचकी केन्द्रिय सदस्य ललिता देवी, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सिबु यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सदभावना पार्टीका अध्यक्ष कपिलदेव यादव, मधेशी मोर्चाका केन्द्रिय सचिवालय सदस्य सत्य नारायण यादव, नेकपा (माओवादी)का जिल्ला संयोजक जय प्रकाश यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, महिला मंचकी केन्द्रिय महासचिव पुनम यादव, महिला नेतृ रमिला साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, अधिकारकर्मी जंग बहादुर सिंह, महिला अधिकारकर्मी आभासेतु सिंह, नेपाल सदभावना पार्टीका जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, सचिव मनोज झा, मधेशी मोर्चाका नगर संयोजक उमेश साह, सदभावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु कुमार यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य तारकेश्वर प्रसाद यादव, संघिय समाजादी फोरम नेपालका युवा नेता केदार यादव लगायतकाहरुले शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ