News Category 2072/08/19
राष्ट्रिय मानवअधिकार आयोगले मधेशबाट टोली फिर्ता बोलायो
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनमा अनुगमनमा खटिएका आफ्ना पाँच वटा टोलीलाई फिर्ता बोलाएको छ ।
आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीद्वारा शुक्रबार जारी विज्ञप्तीमा बिहीबार सर्लाहीको नवलपुरमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले आयोगको कर्मचारीमाथि आक्रमण गरी गाडी समेत जलाएपछि आयोगले यस्तो निर्णय गरेको जनाइएको हो ।
विज्ञप्तिमा अनुगमनमा खटिएका मन्दिरा श्रेष्ठ, विभा ढुङ्गाना र श्रीराम कार्कीसहितको आयोगको टोलीमाथि नवलपुरमा आन्दोलनकारीले आक्रमण गरी गाडी, क्यामरा, महत्वपूर्ण कागजात र अनुगमनमा प्रयोग गरिने ज्याकेट जलाइदिएको घटनाको आयोगले भत्र्सना गरेको छ । mभस्
आयोगको शुक्रबार बसेको आकस्मिक बैठकले मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति र्पुयाउने व्यक्तिलाई कानुनबमोजिम कारवाही गर्न सरकरालाई आग्रह समेत गरेको छ ।
मानव अधिकार रक्षक, संचारकर्मी र मानवीय सेवामा कार्य गर्ने व्यक्ति तथा निकायको सुरक्षा र संरक्षणका लागि सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । आयोगले संविधान प्रदत दायित्व निर्वाह गर्नसक्ने वातावरण नभएसम्मका लागि हाल अनुमगमनमा रहेका टोलीलाई यथास्थानबाट फिर्ता बोलाइएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ